स्याङ्जा, १० पुस । स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसका स्थानीय नेताहरुबीच कुटाकुट भएको छ । बैठक चलिरहेका बेला भेषराज अर्याल र कमल प्रसाद ढकाल प्रवेश गरेपछि ‘अन्तर्घाती प्रवेश’ गरे भन्दै उनीहरुमाथि हातपात भएको थियो ।
कुटपिटपछि घाइते भएकालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । शेरबहादुर पक्षका कार्यकर्ताले रामचन्द्र पक्षका कार्यकर्तालाई कुटपिट गर्दा दुई जना घाईते भएको र शुशिल काफ्लेलाई समेत चोट लागेको छ । विष्णुप्रसाद पौडेल, अर्जुन अर्याल, सुनिल खनाल, विनोद पराजुली, सञ्जय श्रेष्ठ, ध्रुब पंगेनी लगायतले कुटपिट गरेको जाहेरी परेको छ ।
जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो। स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए।
समीक्षात्मक बैठकमा अन्तर्घातको विषय उठेपछि कुटाकुट भएको थियो । ढकालको हात भाँचिएको र अर्याललाई संवेदनशील अंगमा प्रहार गरिएको बताइएको छ । उनलाई पोखरामा उपचार हुन नसक्ने बताइएपछि हेलिकोप्टरबाट काठमाडौंको बयोधा अस्पतालमा उपचारका लागि लगिएको छ ।


सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ