स्याङ्जा, १० पुस । स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसका स्थानीय नेताहरुबीच कुटाकुट भएको छ । बैठक चलिरहेका बेला भेषराज अर्याल र कमल प्रसाद ढकाल प्रवेश गरेपछि ‘अन्तर्घाती प्रवेश’ गरे भन्दै उनीहरुमाथि हातपात भएको थियो ।
कुटपिटपछि घाइते भएकालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । शेरबहादुर पक्षका कार्यकर्ताले रामचन्द्र पक्षका कार्यकर्तालाई कुटपिट गर्दा दुई जना घाईते भएको र शुशिल काफ्लेलाई समेत चोट लागेको छ । विष्णुप्रसाद पौडेल, अर्जुन अर्याल, सुनिल खनाल, विनोद पराजुली, सञ्जय श्रेष्ठ, ध्रुब पंगेनी लगायतले कुटपिट गरेको जाहेरी परेको छ ।
जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो। स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए।
समीक्षात्मक बैठकमा अन्तर्घातको विषय उठेपछि कुटाकुट भएको थियो । ढकालको हात भाँचिएको र अर्याललाई संवेदनशील अंगमा प्रहार गरिएको बताइएको छ । उनलाई पोखरामा उपचार हुन नसक्ने बताइएपछि हेलिकोप्टरबाट काठमाडौंको बयोधा अस्पतालमा उपचारका लागि लगिएको छ ।


सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन