पोखरा, पुस २७ । गणतन्त्रात्मक व्यवस्थापछि राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते मनाउने राष्ट्रिय एकता दिवस हटाईयो । दशकपछि देउवा नेतृत्वको राप्रपा सम्मिलित सरकारले राष्ट्रिय बिदा दिने निर्णय गर्यो । चुनावको छेकोमा जनमतका लागि गरिएको निर्णय नै किन नहोस्, जनचाहना अनुसार नै भएको यो निर्णय स्वागतयोग्य भन्दै अधिकांशले खुशीयाली मनाएका छन् ।

पोखराको पृथ्वीचोक, पृथ्वी राजमार्गको नामकरण पृथ्वीनारायण शाहकै नामबाट भयो । राजा विरुद्धको आन्दोलनमा पृथ्वीनारायण शाहको शालिक निशानामा परेपछि अहिले पृथ्वीचोकमा शालिक छैन । शहिद लखन थापा मगरेको शालिक थियो, महानगरले हटायो र फेरि राखेको अवस्था छ ।

२००७ मे फस्र्टको दिन थियो । वाईसिएल क्याम्पबाट मजदुर दिवसको र्यालि निस्किएको । मजदुरको हकबारे नारा उराल्दै सयौंको संख्यामा एकहुल वाईसिएलका नेता कार्यकर्ता पृथ्वीचोकमा भेला भए । एकछिन राजा विरोधी नारा घन्काए । केही नाराहरु सुन्न पनि लाज लाग्ने थियो । केहीबेरमै चोकको विचमा रहेको पृथ्वीनारायण शाहको शालिकतिर मान्छेको हुल बर्सियो । शालिकलाई घेरिएको फलामे बार भताभुंग पारियो । अनि १०–८ जनाचाहीँ घन र ईट्टा बोकेर शालिकको टुप्पोमा पुगे ।

सकेजति बल लगाएर शालिकको टाउकामा हिर्काइयो । मिनेट पनि वित्न नपाउँदै नयाँ नेपालका निर्माण पृथ्वीनाराण शाहको शालिक भुँईमा बजारियो । नारा घन्किरहेकै थियो । भेला भएका सबैजसोले शालिकका छाति, टाउको, गर्दन, खुट्टा सबैतिर लात्ति बर्साए । त्यसपछिका दिनमा पोखराको पृथ्वीचोकमा पृथ्वीको शालिक देखिएन । पृथ्वीचोकमा पसल गरिबस्ने पूराना ब्यापारीहरुले सुनाएका अनुभव हुन् यि ।

पृथ्बीनायारण शाहकै नामबाट परिचित पोखराको पृथ्वीचोकमा अहिले प्रथम सहिद लखन थापाको शालिक स्थापना गरिएको छ । सालिक पनि पोखरा लेखनाथ महानगरपालिकाले हटाएपछि विवाद उत्पन्न भई पुनः आफैले हटाएको सालिक राख्नेगरी महानगर पछि हटेको थियो र अहिले सानो आकारको शालिक त्यहाँ यथावत नै छ ।

त्यस ठाउँमा अझैपनि पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्नुपर्ने अधिकांशको माग छ । शाहकै नामबाट पोखरा काठमाडौं सडकमार्गलाई पृथ्बी राजमार्ग समेत नामाकरण गरिएको थियो । शालिक फेरेर नाम परिवर्तन गर्न खोजिएपनि हालसम्म सो चोक र वरपरको क्षेत्रलाई पृथ्बीचोककै रुपमा चिनिन्छ ।

नेपाल एकिकरणकर्ता पृथ्बीनारायण शाहको सम्झनामा मनाइदै आएको पृथ्बीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर मनाइदैंछ । राष्ट्रनिर्माता पृथ्बीनारायण शाहको जन्मजयन्तीका अबसरमा २००७ सालदेखि पुस २७ का दिन दिवस मनाइदैं आएपनि २०६२/०६३ को जनआन्दोलनपछि राजनीतिक परिवर्तनका नाममा दिवसनै खारेज गरिएको थियो ।

यो बर्ष पुन: सरकारले यो दिवसमा सार्वजनिक विदा दिएको हो । दिवसको अबसरमा सामाजिक सञ्जालमा पृथ्बीनारायण शाह प्रतिको सम्मान प्रकट गर्दै शुभकामनाका शब्द र तस्विर पोष्ट गरिएका छन् ।

तस्विर: सुदर्शन रञ्जित
डिएनए नेपालको सहयोगमा
सम्बन्धित खबर
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
कांग्रेस क्रियाशील सदस्य बन्न आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?