पोखरा । ढुंगाले बनेको प्राकृतिक पुलसँगको सम्बन्ध गाँसिएको प्रत्येक बर्ष माघे संक्रान्तिको दिन लाग्दै आएको ढुंगेसाँघु मेला यस वर्ष पनि अत्यधिक भिडभाडका बीच सकियो ।
महतगौंडा र टुटुङ्गाको मितेरी साइनो गाँस्ने सो पुलको नामबाट लाग्दै आएको मेला भर्न पोखरेलीका साथै कास्कीका विभिन्न गाउँ, स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी लगायतका स्थानबाट समेत आउने गरेको स्थानीय बताउँछन् ।
पोखरा क्षेत्रको धार्मिक तथा ऐतिहासिक तीर्थस्थल सितापाईलामा रहेको सेतीनदी किनारमा दर्शन गर्नेहरुको विहानै देखि भिड लागेको थियो । सेतीनदी किनारमा हुने मेला विना प्रचार–प्रसार वर्षेनी आयोजना हुँदै आएकोछ । वि.सं. १८६४ सालबाट निरन्तर रुपमा मेलाको आयोजना हँुदै आएको जानकारहरु बताउँछन् । भगवान राम र सिताले माघेसंक्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मिक विश्वास रहेकोले सख्खर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किम्बदन्ती छ ।

परम्परागत रुपमा लाग्दै आएको यो मेला हेर्न पुगेका दर्शकको भिडलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । माघे संक्रान्तीको अवसरमा हस्तकलाबाट उत्पादित विभिन्न जातिहरुले आ–आफ्नो जातिय पेशामा आधारित भाडाकुँडा, डोको, नाङलो, माद्रो, मुडा लगायतका बस्तुहरु किन्न भिडभाड भएको थियो । त्यहाँ स्थानिय रुपमा उत्पादीत सामाग्री देखि सांस्कृतिक र खेलकुद प्रतियोगिता समेत आयोजना हुने गर्छन् ।
मेलामा आयोजित राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सांस्कृतिक महत्व बोकेको ढुंगेसाँघुको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले यस क्षेत्रका संरक्षण र विकासका लागी वडाले विशेष ध्यान दिन जरुरी रहेको बताउँदै महानगरले आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताए । यहाँको महत्व र पहिचानलाई जोगाउनुपर्ने आवश्यकता रहेकोमा उनको जोड थियो ।

यस्तै, पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित माघे संक्रान्ति ढुङेसाघँु मेलाका भक्तजन तथा दर्शकलाई लक्षित गरि स्थानीय ढुङेसाघुँ सितापाईला आमा समुहले निःशुल्क प्रसाद वितरण कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले ऐतिहासिक एवम् प्राचिन मेला महोत्सव, संस्कृति, धार्मिक क्षेत्र लगायत मुलुकका पहिचान बोकेका धरोहरको संरक्षणमा महानगरपालिकाले उच्च प्राथमिकमा राखेको बताईन् ।
उनले यस्ता कार्यक्रमले मेलाको निरन्तरता र महत्वलाई उजागर गर्ने समेत बताईन् । मगर समुदाय तथा थारुजातिको महत्वपूर्ण पर्व माघीको उपलक्ष्यमा सिताघाटमा स्नान गर्न आउने भक्तजन तथा ढुङेसाघुँ मेलाका दर्शकलाई खुदो, चिउरा लगायतका कन्दमुल चखाउनुको साथै संस्कृति, धर्म, रितिरिवाजको जगेर्ना गर्ने उदेश्यले प्रसाद वितरण कार्यक्रम गर्दै आएको आमा समुहका अध्यक्ष जुना गुरुङले जानकारी दिईन् ।
पोखरा लेखनाथ महानगरपालिका १७ का वडासदस्य बैकुण्ठ भण्डारीले सिताघाटमा स्नान गरेर सदाशिव हरिहर, अकलादेवी, सितापाईला लगायत विभिन्न देवदेवीको दर्शन गर्न सकिने उक्त पुण्यभुमीका प्राचिन कालदेखि ढुङेसाघुँ मेला लाग्दै आएको बताए ।

सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?