पोखरा । ढुंगाले बनेको प्राकृतिक पुलसँगको सम्बन्ध गाँसिएको प्रत्येक बर्ष माघे संक्रान्तिको दिन लाग्दै आएको ढुंगेसाँघु मेला यस वर्ष पनि अत्यधिक भिडभाडका बीच सकियो ।
महतगौंडा र टुटुङ्गाको मितेरी साइनो गाँस्ने सो पुलको नामबाट लाग्दै आएको मेला भर्न पोखरेलीका साथै कास्कीका विभिन्न गाउँ, स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी लगायतका स्थानबाट समेत आउने गरेको स्थानीय बताउँछन् ।
पोखरा क्षेत्रको धार्मिक तथा ऐतिहासिक तीर्थस्थल सितापाईलामा रहेको सेतीनदी किनारमा दर्शन गर्नेहरुको विहानै देखि भिड लागेको थियो । सेतीनदी किनारमा हुने मेला विना प्रचार–प्रसार वर्षेनी आयोजना हुँदै आएकोछ । वि.सं. १८६४ सालबाट निरन्तर रुपमा मेलाको आयोजना हँुदै आएको जानकारहरु बताउँछन् । भगवान राम र सिताले माघेसंक्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मिक विश्वास रहेकोले सख्खर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किम्बदन्ती छ ।

परम्परागत रुपमा लाग्दै आएको यो मेला हेर्न पुगेका दर्शकको भिडलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । माघे संक्रान्तीको अवसरमा हस्तकलाबाट उत्पादित विभिन्न जातिहरुले आ–आफ्नो जातिय पेशामा आधारित भाडाकुँडा, डोको, नाङलो, माद्रो, मुडा लगायतका बस्तुहरु किन्न भिडभाड भएको थियो । त्यहाँ स्थानिय रुपमा उत्पादीत सामाग्री देखि सांस्कृतिक र खेलकुद प्रतियोगिता समेत आयोजना हुने गर्छन् ।
मेलामा आयोजित राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सांस्कृतिक महत्व बोकेको ढुंगेसाँघुको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले यस क्षेत्रका संरक्षण र विकासका लागी वडाले विशेष ध्यान दिन जरुरी रहेको बताउँदै महानगरले आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताए । यहाँको महत्व र पहिचानलाई जोगाउनुपर्ने आवश्यकता रहेकोमा उनको जोड थियो ।

यस्तै, पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित माघे संक्रान्ति ढुङेसाघँु मेलाका भक्तजन तथा दर्शकलाई लक्षित गरि स्थानीय ढुङेसाघुँ सितापाईला आमा समुहले निःशुल्क प्रसाद वितरण कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले ऐतिहासिक एवम् प्राचिन मेला महोत्सव, संस्कृति, धार्मिक क्षेत्र लगायत मुलुकका पहिचान बोकेका धरोहरको संरक्षणमा महानगरपालिकाले उच्च प्राथमिकमा राखेको बताईन् ।
उनले यस्ता कार्यक्रमले मेलाको निरन्तरता र महत्वलाई उजागर गर्ने समेत बताईन् । मगर समुदाय तथा थारुजातिको महत्वपूर्ण पर्व माघीको उपलक्ष्यमा सिताघाटमा स्नान गर्न आउने भक्तजन तथा ढुङेसाघुँ मेलाका दर्शकलाई खुदो, चिउरा लगायतका कन्दमुल चखाउनुको साथै संस्कृति, धर्म, रितिरिवाजको जगेर्ना गर्ने उदेश्यले प्रसाद वितरण कार्यक्रम गर्दै आएको आमा समुहका अध्यक्ष जुना गुरुङले जानकारी दिईन् ।
पोखरा लेखनाथ महानगरपालिका १७ का वडासदस्य बैकुण्ठ भण्डारीले सिताघाटमा स्नान गरेर सदाशिव हरिहर, अकलादेवी, सितापाईला लगायत विभिन्न देवदेवीको दर्शन गर्न सकिने उक्त पुण्यभुमीका प्राचिन कालदेखि ढुङेसाघुँ मेला लाग्दै आएको बताए ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो