काठमाडौँ, ३ माघ— सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले १ नम्बर प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा, २ नम्बर प्रदेश प्रमुखमा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ को उमाकान्त झा, ६ को दुर्गाप्रसाद खनाल र ७ को मोहनराज मल्ललाई तोकिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ। अर्थमन्त्री कार्कीका अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानीमा विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएको छ।
अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रिपरिषदमा पनि विवाद भएको थियो। विवादकै कारण बिहानको मन्त्रिपरिषद् बैठक निर्णय नगरी स्थगित भएको थियो।
This will close in 3 seconds
सम्बन्धित खबर
सुरुङमार्ग नजिकै पहिरो जाँदा नौबिसे – काठमाडौं सडक पूर्ण अवरूद्ध
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा
नवनियुक्त प्रधानसेनापति सिग्देल आजदेखि कमाण्डमा, गरे पदबहाली
खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु
डेंगी संक्रमणबाट झापामा २ जनाको मृत्यु
श्री एयरको जहाजको ह्वील स्टेयरिङ लक भएपछि ८ मिनेटमै अवतरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग