पोखरा, ६ माघ / सार्वजनिक यातायात चलाउने चालकले ट्राफिक नियम उल्लंघन गर्दै गाडी चलाएको भिडियो फेसबुकमा पोष्ट भएपछि हायस चालक धादिङ्गका रामशरण विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस २९ गते पत्रकार जमुना वर्षा शर्मा पोखराबाट काठमाडौ जाने क्रममा बा २ ख ४१२८ नम्बरको हायसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै भिडियो सहित फेसबुकमा स्टाटस पोष्ट गरेकी थिइन् ।

शर्माले ‘चालकले गाडी चलाउँदा अत्याधिक मोवाइलको प्रयोग गरेको, तिब्र गतिमा गाडी चलाएको र यात्रु थोरै भएको भन्दै घण्टौ विभिन्न ठाउँमा रोकेर यात्रुहरु प्रति गैह जिम्मेवार बनेको कुरा स्टाटसमा उल्लेख गरेकी थिइन् । उनले सार्वजनिक यातायातका चालकले ‘मान्छे मारे पाँच लाख तिरे पुग्छ,’ ‘१७ ÷१८ महिनामै जेलबाट निस्किन्छ ’ के को डराएको छस् भन्दै मोवाइलमा कुरा गरेर यात्रुलाई आतंकित बनाएको कुरा समेत स्टाटसमा उल्लेख गरेकी थिइन् ।
https://www.facebook.com/jamuna.sharma.3194/videos/1534894586628037/
सोहि स्टाटसलाई प्रहरीले आधार मान्दै एक साता पछि सो गाडीका चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए । विकलाई आवश्यक अनुसान्ध गरि सवारी ऐन अन्तर्गत आवश्यक कारबाही गरीने मल्लले बताए । उनले भने ‘ट्राफिक भनेको सुरक्षित यात्राको साझेदार हो, गैह्र जिम्मेवार बन्दै नियम उल्लंघन गर्नेलाई ट्राफिकले कारबाही गरी छाड्छ ।’
संगुन यातायात अन्तर्गत संचालित उक्त बस २९ गते विहान ९.३० मा पोखराबाट छुटेको थियो भने बेलुका ८ बजे काठमाडौ पुगेको थियो । यात्रुलाई बसपार्कमा नपुर्याई कलंकीमानै यात्रु झारे पछि त्यहाँ समेत यात्रु र चालक बिच विवाद भएको जनाइएको छ ।

सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ