पोखरा, ६ माघ / सार्वजनिक यातायात चलाउने चालकले ट्राफिक नियम उल्लंघन गर्दै गाडी चलाएको भिडियो फेसबुकमा पोष्ट भएपछि हायस चालक धादिङ्गका रामशरण विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस २९ गते पत्रकार जमुना वर्षा शर्मा पोखराबाट काठमाडौ जाने क्रममा बा २ ख ४१२८ नम्बरको हायसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै भिडियो सहित फेसबुकमा स्टाटस पोष्ट गरेकी थिइन् ।

शर्माले ‘चालकले गाडी चलाउँदा अत्याधिक मोवाइलको प्रयोग गरेको, तिब्र गतिमा गाडी चलाएको र यात्रु थोरै भएको भन्दै घण्टौ विभिन्न ठाउँमा रोकेर यात्रुहरु प्रति गैह जिम्मेवार बनेको कुरा स्टाटसमा उल्लेख गरेकी थिइन् । उनले सार्वजनिक यातायातका चालकले ‘मान्छे मारे पाँच लाख तिरे पुग्छ,’ ‘१७ ÷१८ महिनामै जेलबाट निस्किन्छ ’ के को डराएको छस् भन्दै मोवाइलमा कुरा गरेर यात्रुलाई आतंकित बनाएको कुरा समेत स्टाटसमा उल्लेख गरेकी थिइन् ।
https://www.facebook.com/jamuna.sharma.3194/videos/1534894586628037/
सोहि स्टाटसलाई प्रहरीले आधार मान्दै एक साता पछि सो गाडीका चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए । विकलाई आवश्यक अनुसान्ध गरि सवारी ऐन अन्तर्गत आवश्यक कारबाही गरीने मल्लले बताए । उनले भने ‘ट्राफिक भनेको सुरक्षित यात्राको साझेदार हो, गैह्र जिम्मेवार बन्दै नियम उल्लंघन गर्नेलाई ट्राफिकले कारबाही गरी छाड्छ ।’
संगुन यातायात अन्तर्गत संचालित उक्त बस २९ गते विहान ९.३० मा पोखराबाट छुटेको थियो भने बेलुका ८ बजे काठमाडौ पुगेको थियो । यात्रुलाई बसपार्कमा नपुर्याई कलंकीमानै यात्रु झारे पछि त्यहाँ समेत यात्रु र चालक बिच विवाद भएको जनाइएको छ ।

सम्बन्धित खबर
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
दीपक थापा ३१ औं आईजीपी बन्ने सम्भावना बलियो
दुई गाउँका युवकहरूबीच विवाद हुँदा एक किशोरको हत्या
पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपा नेता बम पक्राउ
स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
होली खेल्ने क्रममा छुरी प्रहार हुँदा १९ वर्षीय युवकको मृत्यु
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय