गाेरखा, ७ माघ : गाेरखा क्षेत्र न २ प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले अाफुले पाउने तलव भत्ता नलिइ हरेक महिना प्रत्येक वाडलार्इ समाज सेवाका रूपमा वितरण गर्ने घाेषणा गरेका छन् । नेपाली कांग्रेसबाट प्रदेश सभा (ख) बाट निर्वाचिति सांसद दवाडिलेले सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताएका हुन्।
अाज पाखेरामा प्रदेश सभा सदस्यकाे पद तथा गोपनीयताको शपथग्रहण लिएसँगै उनले यस्ताे बताएका हुन्। उनले समाजिक सञ्जालमा लेखेका छन् ‘मैले आफूले पाउने तलव भत्ता आफूले नलिई हरेक वार्डलाई समाज सेवाको रूपमा वितरण गर्ने घोषणा गरेको छु । यो सपथ मैले लिइरहदा तपाईं आम मतदातालाइ छातीमा राखी मन वचन र कर्मले मेरो समाज प्रतिको उत्तरदायित्वलाई झनै सशक्त बनाइ तपाईको घरघर आगनआगन सम्म पुर्याउने प्रण गर्दछु । यहाँ सम्म पुर्याइदिनुहुने तपाईं मतदातालाइ म कसरी भुल्न सक्छु होला र ? तपाईंको आशा निराशामा कहिलेइ बदलिने छैन । तपाइहरु सबैलाइ मेरो नमन ।’
आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उनले भने, ‘मेरो जीवन यापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु।’ उनले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा वडाहरूमा लागि खर्च गर्ने बताए । वैंदेशिक राेजगारीमा लामो समय जापन बसेका दवाडीले अाफुले कमाइ गरेकाे १० प्रतिशत समाजिक सेवामा खर्च गर्ने घाेषणा समेत गरेका थिए ।
२०३२ सालमा गोरखाको अजिरकोट गाउँपालिका-४ सिम्जुङ्गमा जन्मेका दवाडीले सात कक्षा पढ्दै गर्दा नेपाल बिद्यार्थी संघको सदस्य लिएर राजनितिक यात्रा शुरु गरेका थिए । राजनीतिक यात्रालाइ अगाडी बढाउदै गर्दा उनी कांग्रेसको साधारण सदस्य बने । सामाजिक कार्यमा संलग्न हुदै आएका उनी हाल नेपाली कांग्रेसका महासमिति सदस्य छन् । पैसाकाे अाडमा राजनितिमा अगि बढेकाे भन्दै अाराेप समेत उनमा छ ।
egorkhakhabar बाट साभार
सम्बन्धित खबर
गोरखामा ७० वर्षीया वृद्धा हत्या आरोपमा दुई जना पक्राउ
गर्भवती श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
एक लाख नक्कली नोटसहित गोरखाका गौरव काठमाण्डौबाट पक्राउ
गोरखा–आँबुखैरेनी सडकको शंकास्पद वस्तु डिस्पोज, कुकरभित्र सिसा, बारुद र लाइटर
गोरखा कट्टेलचोक स्थित सडकमा शंकास्पद वस्तु भेटियो
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि