मोरङ क्षेत्र नम्बर ६ का निर्वाचित सांसद् एवम् एमाले नेता लालबाबु पण्डित कम्बल बोकेर वितरणका लागि मोरङका विभिन्न क्षेत्रमा पुगेका छन्। शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेका बेला पण्डितले कम्बल वितरण गरेका हुन्।

यसक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ६ र ९ तथा बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा कम्बल वितरण गरेको पण्डितले जानकारी दिए। यस्तै, डङरा कोहलपुर मा ऋषिदेब (मुसहर),विराटनगर वडा नं. ५, वडा नं. ६, ११, १२ नम्बर वडा, त्यहाँका १३ वटा स्कुलका विद्यार्थीलाई वितरण गरेको उनले बताए। यी सबै ठाउँ पण्डितकै निर्वाचन क्षेत्र मोरङ- ६ मा पर्छन्।

करिब ५ सय थान कम्बल वितरणका क्रममा रहेको र थप संकलन भइरहेको उनले बताए। ‘हिजो र आज गरी केही कम्बल वितरण गरिसकेका छौँ, बाँकी केही वितरण गर्दैछौँ,’ पण्डितले भने, ‘करिब ५ सय थान कम्बल वितरणका क्रममा छौँ, थप केही संकलन भइरहेको छ।’

अनेरास्वियुको व्यवस्थापन र आफ्नो पहलमा संकलन गरेकाले आफ्नै निर्वाचन क्षेत्रमा वितरण गरेको उनले बताए।

पण्डित गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गर्दै संसद् सदस्यमा निर्वाचित भएका थिए।

https://www.facebook.com/wasim.alam.7902/videos/1700827963309184/
सम्बन्धित खबर
राजावादी विरुद्ध माओवादी मिल्ने कुनै सम्भावना छैनः प्रचण्ड
एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छ : शंकर पोखरेल
गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प
आज देशभरको मौसम कस्तो रहन्छ?
हनी ट्रयापमा पारेर काठमाडौंमा घर घडेरी माग्ने दुई युवती पक्राउ
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प