मोरङ क्षेत्र नम्बर ६ का निर्वाचित सांसद् एवम् एमाले नेता लालबाबु पण्डित कम्बल बोकेर वितरणका लागि मोरङका विभिन्न क्षेत्रमा पुगेका छन्। शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेका बेला पण्डितले कम्बल वितरण गरेका हुन्।

यसक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ६ र ९ तथा बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा कम्बल वितरण गरेको पण्डितले जानकारी दिए। यस्तै, डङरा कोहलपुर मा ऋषिदेब (मुसहर),विराटनगर वडा नं. ५, वडा नं. ६, ११, १२ नम्बर वडा, त्यहाँका १३ वटा स्कुलका विद्यार्थीलाई वितरण गरेको उनले बताए। यी सबै ठाउँ पण्डितकै निर्वाचन क्षेत्र मोरङ- ६ मा पर्छन्।

करिब ५ सय थान कम्बल वितरणका क्रममा रहेको र थप संकलन भइरहेको उनले बताए। ‘हिजो र आज गरी केही कम्बल वितरण गरिसकेका छौँ, बाँकी केही वितरण गर्दैछौँ,’ पण्डितले भने, ‘करिब ५ सय थान कम्बल वितरणका क्रममा छौँ, थप केही संकलन भइरहेको छ।’

अनेरास्वियुको व्यवस्थापन र आफ्नो पहलमा संकलन गरेकाले आफ्नै निर्वाचन क्षेत्रमा वितरण गरेको उनले बताए।

पण्डित गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई पराजित गर्दै संसद् सदस्यमा निर्वाचित भएका थिए।

https://www.facebook.com/wasim.alam.7902/videos/1700827963309184/
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै