११ माघ । ‘मान दिनेलाई मान दिने हो, शान दिनेलाई हान दिने हो’ ट्रक साहित्य लेखिएको ट्रिपर हो यो । जसले ८९ वर्षीया बयोबृद्धालाई ठक्कर दिँदा मृत्यु भएको छ ।
जेब्राक्रसबाट बाटो काट्दै गरेकी एक वृद्धालाई आज बिहान लु१ख ९८३८ नं को टिपरले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।
घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दै गर्दा तीव्र गतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।
ट्रिपरको ठक्करबाट सख्त घाइते भएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल, भैरहवामा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ट्रिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए । आगजनीबाट ट्रिपर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ । सोही क्रममा आक्रोशित समूहले अन्य दुई वटा ट्रिपर समेत तोडफोड गरी क्षति पु¥याइदिएका छन् । जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो ।
यसरी सवारी साधनमा मनपरी लेख्नेलाई कारबाही गर्नेतर्फ ट्राफिक प्रहरीको ध्यान गएको पाईंदैन ।
सम्बन्धित खबर
यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
आँखा स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र डा. रूइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता
यी प्रदेशमा हावाहुरीसहित वर्षा हुने
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
दीपक थापा ३१ औं आईजीपी बन्ने सम्भावना बलियो
दुई गाउँका युवकहरूबीच विवाद हुँदा एक किशोरको हत्या
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ