१० वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाबाट सुरु ‘साझा सवाल’ विराटनगरमै लालबाबु पण्डितसँगको बहससँगै बन्द । यस्तो रह्यो अन्तिम साझा सवाल (हेर्नुहोस् भिडियो)
१० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’ को अन्तिम कार्यक्रम पनि विराटनगरमै छायाँकन गरी सकिएको छ । बीबीसी मिडिया एक्सन (पहिले बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) को बहसमूलक साप्ताहिक कार्यक्रम ‘साझा सवाल’ बन्द भएको हो।
पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने रेजिना निरौलासहित एमाले नेता लालबाबु पण्डित र कांग्रेस नेता मिनेन्द्र रिजाललाई अतिथिका रुपमा बोलाइएको थियो। छायाँकन पनि ठ्याक्कै १० वर्ष पछि २०७४ माघ २ गते नै भयो । हेर्नुहोस् अन्तिम कार्यक्रममा सहभागी लोकप्रिय नेता लालबाबु पण्डित लगायतले के भने ?
Sajha Sawal । साझा सवाल अङ्क-५२९ – दशवर्षमा के फेरियो, के फेरिएन ?
कार्यक्रमले ‘एक फन्को पूरा गरेको’ भन्दै साझा सवालले ट्विट गरेको छ।
Sajha Sawal
✔
@BBCSajhaSawal
प्रश्न बोकेका नागरिक समक्ष जवाफदेहि अधिकारी उपस्थित गराउने साझा सवाल कार्यक्रमले अहिलेलाई विश्राम लिएको छ। यो श्रृङ्खलाको अन्तिम कार्यक्रम विराटनगरबाट। असी सहभागीका साथ लालबाबु पण्डित,मिनेन्द्र रिजाल र पहिलो साझा सवालमा पहिलो प्रश्न सोध्ने रेजिना निरौला
Sajha Sawal
✔
@BBCSajhaSawal
दश वर्षमा देशका राजनीतिक मुद्दा के कति संवोधन भए? नागरिक अपेक्षा के कति पुरा भए? साझा सवालको पहिलो कार्यक्रमका सहभागीको जीवनमा के कस्तो फेरबदल आयो? साझा सवालको अन्तिम कार्यक्रम विराटनगरबाटै
Sajha Sawal
✔
@BBCSajhaSawal
विराटनगरमा पहिलो बहस रेकर्ड गरेर शुरु गरेको साझा सवालको अन्तिम कार्यक्रम पनि विराटनगरमै रेकर्ड गरेपछि कार्यक्रमले एक फन्को पुरा गरेको छ।
यस्तो थियो साझा सवालको पहिलो खंक तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग ।
कार्यक्रम ‘अहिलेलाई बन्द भएको’ भन्ने साझा सवालको ट्विटले कार्यक्रम भविष्यमा पुनः सञ्चालनमा आउने हो कि भन्ने भ्रम पनि दिएको छ। रेडियो र टेलिभिजनबाट प्रशारण हुने ‘साझा सवाल’ बाट प्रस्तोता विद्या चापागाईँले ५२६ औँ अंकदेखि बिदा लिएकी थिइन्। उनी अहिले हेर्ने कथा नामको नयाँ मिडिया प्रोजेक्टको तयारीमा छन्।
पछिल्लो पटक गीता ढुंगानाले कार्यक्रम सञ्चालन गरेकी थिईन् । पहिला प्रस्तोता नारायण श्रेष्ठ र उनीपछि विद्या चापागाईँलाई साझा सवालमा हेरेका दर्शकले पछिल्ला कार्यक्रमका बारेमा पनि प्रतिक्रिया दिएका छन्।
साझा सवाल कार्यक्रममा हाल १० जनाको उत्पादन समूह थियो। साझा सवाल बन्द भएकोमा ट्विटरमा कतिपयले आश्चर्य व्यक्त गरेका छन्। कार्यक्रम बन्द हुनुलाई सामान्य मान्नेसँगै कार्यक्रम पुनः सुरु गर्न सुझाउनेहरू पनि छन्।
कार्यक्रम के कारण बन्द गरिएको हो भन्नेबारे बीबीसी मिडिया एक्सनले केही खुलाएको छैन। तर सोसल मिडियामा कतिपयले कार्यक्रम उत्पादनका लागि बजेट उपलब्ध नभएर बन्द भएको शंका गरेका छन्।
साझा सवालको छायाँकन यसरी हुने गर्दथ्यो ।
मिडिया कुराकानी
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
होस्टेलको खाटमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आफन्तले लगाइदिए स्कूलमा आगो
आजदेखि सोह्र श्राद्ध शुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि