काठमाडौँ, १७ माघ । बुधबारको चन्द्रग्रहण खतरानाक निकै हुन सक्ने भविष्यवाणी गरिएको छ ।
ज्योतिषशास्त्रीहरुका अनुसार, बुधबारको खग्रास चन्द्रग्रहणले देशमा अस्थिरता ल्याउने, विदेशी दबाब बढ्न सक्ने र प्रतिष्ठित व्यक्तिहरुको समेत मृत्यु हुन सक्ने देखाएको छ ।
चर्चित ज्योतिषशास्त्री डा सुनिल सिटौलाले दैनिक नेपाललाई भने, बुधबार साँझ काठमाडौँमा ६ बजेर २६ मिनेटमा ग्रहण सुरु हुनेछ । ग्रहण देखिँदा आकाशमा सिंह लग्न उदाइरहेको हुन्छ । चन्द्रमा पनि सिंह राशी मण्डलमै हुन्छ । सिंह राशी अग्नि तत्व हो । यो स्थिर राशी पनि हो । शास्त्रमा अग्नि तत्वमा पर्ने ग्रहण निकै खतरानाक हुन्छ भनी लेखिएको छ ।
डा. सिटौलाका अनुसार, अग्नि तत्वमा ग्रहण लाग्दा निम्न खतराहरु हुन सक्छन् :
– देशमा झगडा र युद्द हुन सक्छ ।
– प्रतिष्ठित व्यक्तिको मृत्यु हुन सक्छ ।
– अन्तर्राष्ट्रिय दबाब बढ्न सक्छ ।
– पशु र भेडा नष्ट हुन सक्छन् ।
– मास हिस्टेरिया जस्ता रोग बढ्न सक्छ ।
बुधबारको ग्रहणले अफ्रिकाबाहेक सबै देशमा लाग्छ । त्यसैले यसको प्रभाव अफ्रिका बाहेक सबै देशमा पर्न सक्ने देखिएको छ ।
किन राशीलाई कस्तो असर ?
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ। यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन ।
मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको छ ।
Source: दैनिक नेपाल
सम्बन्धित खबर
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ: कांग्रेस
प्रदेशमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित