फेवातालको जलकुम्भी फाल्न क्यानडाबाट ल्याएको मेसिनले यसरी काम गर्छ (भिडियो)

फेवातालको जलकुम्भी फाल्न क्यानडाबाट ल्याएको मेसिनले यसरी काम गर्छ (भिडियो)

Fewatal Safai (6)

पोखरा : जलकुम्भी लगायत झार निकालेर फेवाताल सफा गर्न पोखरा महानगरपालिकाले करोडौँ मूल्य तिरेर मेसिन ल्याएको छ । क्यानडाबाट ल्याएको मेसिन बुधबार तालमा परीक्षण समेत गरिएको छ ।

पोखरा महानगरपालिकाले १ करोड २५ लाख रुपैयाँमा मेसिन पोखरा ल्याएको हो । महानगरपालिका आफैँले ७५ लाख रुपैयाँ खर्च गरेको छ भने ५० लाख सांसद रवीन्द्र अधिकारीको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट जुटाइएको हो ।

‘प्लान्ट हार्भेस्टिङ’ नाम दिइएको मेसिन बुधबार परीक्षण गरिए पनि २५/२६ गतेतिर बिशेष औपचारिक कार्यक्रम गरेर सुरुवात गरिने भएको छ । फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने छ र यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ ।

फेवातालको जलकुम्भी झार पोखराकै टाउको दुखाइ बनेको थियो । जलकुम्भीले फेवाताल कुरुप बनाउँदै लगेको थियो । महानगरपालिका, एनजीओ, आइएनजीओ लगायत विभिन्न संघसंस्थाले जलकुम्भीका लागि भनेर बर्सेनी लाखौं रुपैयाँ खर्चिन्थे । जलकुम्भी निकाल्नकै लागि भनेर वर्सेनी २० लाखभन्दा बढी खर्च हुने गरेको थियो ।

राजनीतिक दलका नेता तथा जुनसुकै उम्मेदवारको एजेन्डामा फेवातालको जलकुम्भी झार बन्ने गरेको थियो । तर, फेवातालमा जलकुम्भी झार समस्या हट्नुको सट्टा फैलिँदै फेवाताल ढाक्दै गएको थियो । झारका कारण फेवातालमा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई डुङगा सयरमा समेत बेला बेलामा समस्या पर्ने गरेको थियो ।  २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने नगरपालिकाले निर्णय भएको थियो ।

तालमा बर्षेनी आउने जलकुम्भी झारको ब्यवस्थापनका लागि पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले अत्याधुनिक औजार (मेशिन) खरिद गरेको उपमेयर मन्जु गुरुङले बताइन् ।

तस्विर: हरि पहारी 

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds