लेखनाथ, २१ माघ। १४ औं संस्करणको लेखनाथ महोत्सवको दशौं दिन आईपुग्दा दर्शकको चापसँगै कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ।
हालसम्म करिब १४ करोडको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए। दशौ दिन शनिबारमात्र करिब ४ करोड बराबरको कारोबार भएको र उक्त दिन ५० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ। दर्शकको उल्लेख्य सहभागिताले बिहानैदेखि साँझसम्म व्यवस्थापनमा आयोजकलाई हम्मेहम्मे परेको थियो।
शनिबारको बिदा परेकाले अभिभावक आफ्ना बालबच्चासहित महोत्सवस्थल प्रवेश गरेका थिए। १४ वर्षअघि सुन्तला महोत्सवबाट शुरु लेखनाथ महोत्सव १४ औं संस्करणसम्म आइपुग्दा महोत्सवमा विभिन्न स्टलमा दर्शक चासो बढेको छ। महोत्सवमा ३ सय ५० स्टल राखिएका छन्।
महोत्सवमा राखिएको रत्यौली प्रतियोगिताले दर्शकको मन जित्ने गरेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए। महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको प्रतिभाको खोजी अभियानअन्तर्गत नृत्य विधाको गण्डकी तारा प्रतियोगितामा गणेश तामाङ, स्मृति गुरुङ, सपना धाई थापा र अमृत सुनार अन्तिम प्रतिष्पर्धामा प्रवेश गरेको निर्णययकमण्डल संयोजक महेश गोदारले जानकारी दिए। गण्डकी ताराको अन्तिम प्रतिस्पर्धा आइतबार हुनेछ। महोत्सव सोमबार सकिनेछ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो