पोखराका कलाकार कृष्ण मर्सानीकोे कला अद्भुत छ । जो कोहीलाई पनि एक पटक हेरेपछि उनले दुरुस्तै त्यस्तै चित्र बनाउन सक्छन् । नत्र तस्विर हेरेरै हुबहु कोर्छन् । सीप र कला पहिल्यैदेखिको हो तर धेरै समय भएको छैन उनले चित्र कोर्न थालेको । दिन सुन्दर बनाउन सबेरै सुन्दर व्यक्तित्वका चित्र कोर्छन् ।
गण्डकी अञ्चलका पुर्व टेनिस खेलाडि पनि रहिसकेका मर्सानी सरकारी जागिरे हुन् । धेरै प्रतिभाका धनि कृष्णले चित्रकला मार्फत हरेक दिन धेरैको मन जितिरहेका छन् ।

उनका चित्रहरु हेर्दा लाग्छ उनी वर्षौदेखि यही कर्म गर्दै आइरहेका छन् । उनले हरेक दिन एक जना सामाजिक व्यक्तित्व अथवा चर्चित व्यक्तिको चित्र बनाएर आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने गर्दछन् ।

Lalbabu Pandit
यसलाई उनले बसि बियाँलो नाम दिएर श्रृंखलाकै रुपमा सार्वजनिक गरिरहेका हुन् । आफूले कोरेका चित्र व्यक्तित्व विवरण लेखेर सार्वजनिक गर्छन् । अहिले सम्म बसि बियाँलो श्रृखलामा ६०७ जनाको चित्र सार्वजनिक भइसकेको छ ।

RastraKavi Madhav Prasad Ghimire

Pasang Lhamu Sherpa

Aruna Lama
चित्रकलामा निपुर्ण उनी नेपाल र नेपालीमा यसको महत्व निकै कम भएको कुरा बताउँछन् र यसबाट जीवन पनि निवार्ह गर्न नसकिने तितो यर्थाथ सुनाउँदै भन्छन् ‘एक घर एक चित्रको अवधारणा ल्याउन सके चित्रको महत्व बढ्ने थियो, चित्रकार पनि बाँच्न सक्थे, तर यसका लागि सबैको साथ सहयोग आवश्यक छ ।’

Madan Krishna Shrestha

Hari Bansha Acharya
कुशल प्रशिक्षक, कुशल प्रशासक मर्सानी बिगत ३४ बर्ष देखि निजामती सेवा नै आफ्नो जिविकोपार्जनको श्रोत भएको बताउँछ्न् ।

Madhav Nepal

UML CM Kp Sharma Oli

Moist CM Prachanda

Rabindra Adhikari
सिद्धार्थ क्लब पोखराका पूर्व अध्यक्ष मर्सानी हाल आफ्नो समय सामाजिक तथा सांस्कृतिक काम र चित्रकलामा नै वबताउँछन् । स्थानिय स्तरमा धेरै युवाहरुको प्रेरणको श्रोत रहेका मर्सानीले दुई पटक चित्र कला प्रदर्शनी सम्पन्न गरेका छन् ।

Singer Amrit Gurung
मर्सानी प्रकृतिसँग सम्बन्धित चित्र, श्रमिक देखि नेता, कलाकार, साहित्यकार, समाजलाई केहि योगदान दिएका व्यक्तिका चित्रहरु कोर्न रुचाउँछन् ।

Ranjan Adhikari, Youth Journalist Pokhara
नेपालकला डटकमको सहयोगमा
सम्बन्धित खबर
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति