प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बनाउने सहमति, लमजुङका मुख्यमन्त्री, पर्वतका सभामुख

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बनाउने सहमति, लमजुङका मुख्यमन्त्री, पर्वतका सभामुख

पोखरा, २८ माघ । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । आइतबार लेकसाइडमा भएको वार्तामा पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए ।

लमजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी मुख्त्रीमन्त्री बन्नलाई नै प्रदेशसभामा झरेका थिए । यस्तै यस प्रदेशको पार्टी संयोजक किरण गुरुङ पनि मुख्यमन्त्री नै भनेर प्रदेशमा लडेका थिए र जितेपनि । स्थायी समिति सदस्य गुरुङ बामदेव खेमाका भनेर चिनिन्छन् । ओली लाइनका पृथवीसुब्बामै सहमति जुट्यो ।

यससँगै सबै प्रदेशमा ओली लाइनका नेता मात्र मुख्यमन्त्री बन्ने पक्का भएको छ । प्रदेश ३ मा चर्चामै नआएका डोरमणि पौडेल जिताएपछि प्रदेश ३ मा पनि नेपाल पक्षको नेता मुख्यमन्त्री बन्ने सम्भावना टरेको हो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दलको नेता बन्न सकेनन् । शाक्यलाई पौडेलले १० मतले हराए । नेपाल पक्षका राजेन्द्र पाण्डे गुट नै परिवर्तन गरेर ओलीतिर गएपनि उनलाई पत्याएन ।

केहीबेरमा एमाले संसदीय दलको बैठक बसेर गुरुङलाई दलको नेता चयन गर्ने स्रोतले बताएको छ ।

प्रदेश ४ सभामुख बन्ने भए पर्वतका नेत्र अधिकारी

नेकपा माओबादी केन्द्रले पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्र अधिकारीलाई प्रदेश सभामा सभामुख बनाउने निर्णय गरेको हो ।

अधिकारी प्रदेश नं ४ मा माओबा दी केन्द्रबाट सबैभन्दा महत्वपुर्ण जिम्बेवारी पाउने नेता भएका छन । अधिकारी पर्वत प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन्। साथै माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य पनि हन्।

एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा चार नम्बर प्रदेशमा मुख्यमन्त्रीमा एमाले र सभामुख माओवादीले लिने यसअघि नै सहमति भएको थियो। सोही सहमतिअनुसार माओवादी केन्द्रले शनिबार सभामुख सिफारिस गरेको हो। चार नम्बर प्रदेशमा फागुन ३ गते सभामुखको निर्वाचन तोकिएको छ।

माओवादी केन्द्रको चार नम्बर प्रदेशको संसदीय दलको नेतामा तनहुँका हरिबहादुर चुमान चुनिए । चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा खबाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनी माओवादीको केन्द्रीय सचिवालय सदस्य हुन्।

यसैगरी संसदीय दलको उपनेतामा कास्कीका रामजीप्रसाद बराल, प्रमुख सचेतकमा गायत्री गुरुङ र सचेतकमा बागलुङबाट निर्वाचित चन्द्रबहादुर बुढा पनि चयन भएका छन्। सबै पदाधिकारी निर्विरोध चयन भए। ‘सबै कुरा सहमतिमै टुंगाइयो’ चुमानले भने। ५९ प्रदेशसभाका सदस्य रहेको चार नम्बर प्रदेशमा माओवादी केन्द्रका १२ जना छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ