पोखरा, २९ माघ पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस पढ्दै गरेकी २१ बर्षीया दीपना उप्रेतीको पदयात्राबाट फर्किने क्रममा खोँचमा खस्न पुगी मृत्यु भएको छ।
बिहीबार ६ जना साथीहरुसहित कास्कीको मर्दी हिमाल क्षेत्रमा पदयात्रामा गएकी दीपना फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिकाको वडा नंं ९ देउराली हाइक्याम्पस्थित खोँचमा खसेर वेपत्ता भएकी थिइन्। बाटोबाट करीब १ सय ५० मिटर तल खस्न पुगेकी उनको शव वडा प्रहरी कार्यालय वगरका प्रहरी निरीक्षक दुर्गा श्रेष्ठको नेतृत्वमा प्रहरी, स्थानीयको सहयोगमा आइतबार बिहान निकालिएको थियो।
साथीहरुसँग हिँडिरहेकी दिपना बाटो भिराएर बेपत्ता भएकी थिइन्। साथीहरुलाई आफूले बाटो बिराएको जानकारी गराएको केही समयमा उनी वेपत्ता भएकी थिइन्। साथीहरुले घटना लगत्तै धम्पुस प्रहरीलाई जानकारी गराएका थिए। रातको समय र निकै अप्ठ्यारो खोँचमा बेपत्ता भएकाले तत्काल उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
काठमाडौं महानगरपालिका–३ बसुन्धराकी स्थायी बासिन्दा दीपना एमबीबीएस चौथो वर्षकी विद्यार्थी हुन्। उनको शवलाई आइतबार आफन्तले बुझेर काठमाडौँ लगिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?