गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नाम दुवैका ‘लालबाबु’ । तर, फरक पार्टीका, फरक धारणा राख्ने । धमलाको हमलामा ऋषि धमलाले उपयुक्त पात्र चयन गर्दै शो मा हाजिर गराए । एमाले पोलिटब्युरो सदस्य पण्डित प्रतिनिधिसभा सांसद हुन्, जसले शेखर कोईराला जस्ता कोइराला विरासत बोकेका काँग्रेसका खम्बालाई उनकै गृहक्षेत्रमा हराए । राउत भने प्रदेश नं. २ का मुख्य मन्त्री पक्का भईसकेका छन् ।
संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बहुसंख्यक नेपालीले बोल्ने नेपाली भाषा नेपालको नभएको दाबी गरे । साथै, हिन्दि भाषा चै नेपालको वास्तविक भाषा भएको बताएका छन् । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन्।
राउतले प्रदेश दुईको भौतिक विकासलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । राउतले संविधान संशोधन गरेर मधेशी जनताको अधिकार पूर्ण बनाउनुपर्ने मुद्दालाई पनि आफूहरुले प्राथमिकतामा राखेको बताएका छन् ।
नेकपा एमालेका नेता लालबाबु पण्डितले भने अहिले मधेशी दलले उठाएका माग पूरा गर्नका लागि संविधान संशोधन गर्न नसकिने जिकिर गरे । दौरा सुरुवाललाई राष्ट्रिय पोषाक बनाउन नसकिने राउतले बताएपछि पण्डितले त्यसको कडा खण्डन गरे ।
हिन्दी भाषालाई कामकाजी भाषा बनाउनुपर्ने राउतको भनाई छ । तर पण्डितले भने हिन्दी भाषालाई प्राथमिकता दिन नहुने बताए । यही विषयमा दुई लालबाबुबिच विवाद भएको छ । लालबाबु पण्डितले नेपाली भाषा र नेपालको राष्ट्रिय पोशाक मानिएको दौरा सुरुवालको पक्षमा दह्रो अडान राखेका छन् साथै राउतको भनाईलाई जमेर प्रतिवाद गरेका छन् ।
लालबाबु राउत क्याम्पस जीवनमा नेपाल विद्यार्थी संघसँग आबद्ध थिए। पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरे। महाधिवेशनपछि उनी केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए।
दोस्रो संविधान सभाको व्यवस्थिपिका संसदको राज्य व्यवस्था समिति तथा संविधानको मस्यौदा बनाउने समितिको अनुभव बटुलेका लालबाबु पार्टीका एक बौद्धिक नेताको रुपमा चिनिन्छन् । सामान्यप्रशासन मन्त्री हुँदा डिभीपिआरधारी विरुद्ध ऐन नै ल्याउन सफल भइ राष्ट्रवादी नेताका रुपमा उनले प्रमाणित गरिसकेका छन् । प्रदेश नं २ मा राजपासँग गठबन्धन गरी मधेसकेन्द्रित दललाई प्रदेश २ मा शानदार विजय हासिल गराउन प्रमुख भूमिका खेलेका नेता मध्येमा एक हुन् लालबाबु।
लालबाबु पण्डित र लालबाबु राउतबिच पोशाक र भाषालाई लिएर चर्काचर्की
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान