काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम बुधबार अबेर राष्ट्रपतिलाई बुझाएको छ । यससँगै केन्द्रमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुले बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।
बुधबार नै आयोगले अन्तिम नतिजा बुझाउने र लगत्तै केपी ओलीले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुधबार नै राष्ट्रका नाममा सम्वोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।
तर, आयोगले चुनावको नतिजा शीतलनिवास पठाउन ढिलाइ गरेकाले देउवा सरकारको आयु एक रात लम्बिएको हो । तर, अब नयाँ सरकार गठनको प्रतिक्षा केही घण्टापछि सकिने निश्चित भएको छ ।
मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव भएको थियो । तर, राष्ट्रियसभा निर्वाचन नहुँदा लामो समयसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट तोकिएन ।
४ माघमा राष्ट्रियसभा निर्वाचन भएसँगै समानुपातिक सांसद छनोट प्रक्रिया सुरु भएको थियो । समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६-६ सिट पाएका छन् । त्यसमा विजयी सांसदहरुको नाम टुंगो लगाउँदै आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको छ ।
देउवाको राजीनामा र ओलीको नियुक्ति एकै दिन
चुनावी जनमत वाम गठबन्धनको पक्षमा आएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म राजीनामा दिएका छैनन् । एमाले र माओवादीले राजीनामा मागेपनि राष्ट्रियसभा निर्वाचन र निर्वाचन आयोगले औपचारिक रुपमा चुनावी परिणाम नबुझाएको भन्दै देउवाले टारे ।
आयोगले बुधबार परीणाम बुझाउने भएपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, ढिला भएको भन्दै सारिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘९ बजे मन्त्रिपरिषदको अन्तिम बैठक छ, त्यसपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।’
यता एमाले र माओवादीले भने भोलि नै केपी ओलीको नेतृत्वमा सरकार गठनको दाबी गर्ने भएका छन् । एमालेले औपचारिक रुपमै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । बुधबार नै समयले भ्याएको भए राष्ट्रपति कहाँ जाने तयारी थियो । तर, आयोगले निर्वाचन परीणाम बुझाउन समय लागेपछि यो सरेको हो ।
राष्ट्रपति कार्यालय स्रोतले दलहरु बहुमतसहित दाबी गर्न आए आजै प्रधानमन्त्री नियुक्त हुन सक्ने बताएको छ ।
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ