काठमाडौँ, ३ फाल्गुन— नवनियुक्त प्रधानमन्त्री केपी ओलीले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले एमालेका लालबावु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद् गठन गरेका हुन् । एमालेकातर्फबाट प्रदीप ज्ञवाली र ईश्वर पोखरेल मन्त्री हुने चर्चा रहे पनि लालबाबु पण्डित र थममाया थापालाई मात्रै शपथ गराइयो।
नवनियुक्त मन्त्रीद्वयले राष्ट्रपति विद्या भण्डारीसमक्ष बिहीबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पण्डित यसअघि सामान्य प्रशासनमन्त्री बनिसकेका व्यक्ति हुन् । उनी डिभीपिआर विरुद्धको ऐन ल्याएर चर्चित बने । हालै प्रतिनिधि सभा निर्वाचनमा पनि काँग्रेसका शीर्ष नेता शेखर कोइरालालाई उनकै क्षेत्रमा उठेर पनि हराएका थिए ।

माओवादीले मन्त्री पठाएन
माओवादी केन्द्रले भने मन्त्री पठाएन । एक नेताका अनुसार पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएकोहो । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ ।
माओवादीको समर्थनमा प्रधानमन्त्री बने पनि माओवादीका तर्फबाट आज कुनै पनि मन्त्री बनेनन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शपथ ग्रहणमा उपस्थित भने थिए। उनी ड्यासमा एमाले नेता माधवकुमार नेपालसँगै बसेका थिए।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायतको उपस्थिति थियो ।
Pic. KantipurDaily
सम्बन्धित खबर
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?