राष्ट्रपतिले १ वर्ष अघि नै केपी ओलीलाई प्रधानमन्त्री बनाए !

राष्ट्रपतिले १ वर्ष अघि नै केपी ओलीलाई प्रधानमन्त्री बनाए !

1518686919

पोखरा, ३ फागुन / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

तर राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती ओली एक वर्ष पहिले नै नियुक्त भएको देखाइएको छ । विज्ञप्तीमा २०७३ फागुन ३ गतेका दिन ओलीलाई प्रधानमन्त्रीमा राष्ट्रपतिले नियुक्त गरेको भनिएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालको हस्ताक्षर रहेको विज्ञप्तीमा उक्त मिति उल्लेख गरिएको छ । तर ओली एक वर्ष अघि प्रधानमन्त्री नियुक्त नभएर राष्ट्रपति कार्यालय जारी गरेको विज्ञप्तीमा प्रिन्ट मिस्टेक देखिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds