देउवा ‘बर्खास्त’ हुनबाट यसरी जोगिए !

देउवा ‘बर्खास्त’ हुनबाट यसरी जोगिए !

1518673826

पोखरा, ३ फागुन / निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको अन्तिम नतिजा वुझाएपछि नेपाली काँङग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एउटा ट्वीट गरे । उनले भने,‘निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भईकेको अबस्थामा राष्ट्रिय सभामा ३ जनाको मनोनयन स्वीकृत गर्न शितल निवासले किमार्थ ढिलाई गर्नुहुन्न । माननिय राष्ट्रपतिलाई विवादमा तान्ने अवान्छित प्रयत्त फेरी असफल हुनेमा हामी विश्वस्त छौ ।’

निर्वाचन सम्पन्न भएपछि विभिन्न नियुक्ति गरेको देउवा सरकार अब पनि नियुक्तीको विवादमा तानिनु शोभनिय थिएन र उनले देशवासीको नाममा सम्वोधन गदै राजिनामाको घोषणा गरेपछि उनी जोगिएका छन् । नियमित संसदीय प्रणालीमा विशेषत निर्वाचनमा पराजित भईसकेपछि सरकार स्वत काम चलाउमा परिणत हुन्छ । तर अहिलेको अबस्था संविधानको प्रावधान अनुसार निर्वाचन सम्पन्न गर्नको लागि संसद भंग भएको हो ।

त्यसैले सामान्य अवस्थाभन्दा केही अधिकार देउवाले प्रयोग गर्न पाउने थिए र पाएका हुन् । तर नयाँ सरकारको लागि सबै संवैधानिक तथा कानुनी प्रक्रियाहरु पुरा भईसकेपछि पनि देउवा सरकारले ३ जनाको नियुक्ती लगायत अन्य अड्चन देखाएर राजिनामा दिनमा ढिलाई गर्ने प्रयत्न भएपनि अन्तिमा देउवा राजिनामाको लागि तयार भएका छन् ।

पार्टीको साख र गरिमालाई कायम राख्नका लागि देउवाले निर्वाचन सम्पन्न भएपछि तत्काल राजिनामाको घोषणा गर्नुपर्दथ्यो । यसले जनमतको सम्मान मात्र गर्ने थिएन, पार्टीको साख पनि जोगाउने थियो । तर उनले त्यसले त्यसो गरेनन् । यति मात्र होइन, निर्वाचन सम्पन्न गरेपछि देउवाले देशवासीको नाममा सम्वोधन गरेनन् र वधाई समेत दिएनन् । निर्वाचन सम्पन्न भएपछि एक महिनापछि वसेको नेपाली काँङग्रेस केन्द्रिय समितीको वैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई वधाई दियो ।

यतिवेला ३ जना नियुक्तीको विषय चर्कियो भने देउवाले सम्मानजनक वर्हीगमनको अवसर गुमाउने छन् । राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभन्दा पहिला नै देउवाले राजिनामा दिए मात्र उनको सम्मानजनक बर्हीगमनको ग्यारेन्टी हुने थियो । यस्तो अबस्थामा राष्ट्रपतिले देउवालाई वर्खास्त गर्ने तथा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेपछि देउवा स्वत वर्खास्त हुने अबस्था थियो ।

संवैधाननिक प्रावधान अनुसार वहुमत प्राप्त दलको संसदीय दलको नेता तथा दुई भन्दा वढी दलको समर्थन प्राप्त दलको नेता प्रधानमन्त्री पदमा नियुक्ती हुनेछन् । अथवा, नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने कुनैपनि वाध्यात्मक संवैधानिक व्यवस्था छैन् ।

समाचार स्रोतका अनुसार देउवाका केही सल्लाहकारहरुले ३ जनाको नियुक्ती नभईकन राजिनामा नदिनको लागि उनलाई सुझाव दिएका थिए । तर देउवा आफैले अन्तिम समयमा आएर उपयुक्त निर्णय लिएका छन् । नत्र एमाले र माओवादीका केही नेताले राष्ट्रपतिलाई देउवालाई वर्खास्त गर्नका लागि आग्रह गर्ने तयारी गरिरहेका थिए ।

देउवालाई ‘बर्खास्त’ गर्ने तयारीमा राष्ट्रपति !

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारकोलागी मार्ग प्रसस्त गर्नुको सट्टा अनेक बहाना बनाउँदै सत्तामा बसिरहने ब्यवहार प्रदर्शन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी ‘एक्सन’ लिने सोचमा पुगेकी थिईन् । राष्ट्रपति कार्यालयको उच्च स्रोतका अनुसार ‘ प्रधानमन्त्री देउवाले राजिनामा नदिए उनी पदमुक्त समेत हुन सक्छन् ।’

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम बुधबार राष्ट्र«पतिलाई बुझाएपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएका थिएनन् । यसअघि उनले निर्वाचन आयोगले अन्तिम परिणाम नबुझाएसम्म पद नछोड्ने बताउँदै आएका थिए ।

निर्वाचन आयोगले सम्पूर्ण परिणाम बुझाएपछि पनि प्रधानमन्त्री देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बुधबार सितल निवास पठाएर अर्को ‘बार्गेनिङ’ सुरु गरेका थिए । सरकारले राष्ट्रिय सभामा मनोनित गरेका तीन सांसदको राष्ट्रपतिले अनुमोदन नगरुञ्जेलसम्म सरकार नछोड्ने देउवाको संदेश कार्कीले बोकेर गएका थिए । राष्ट्रपति कार्यालय स्रोत भन्छ, –‘अव जनमत गुमाएको सरकारको ‘बार्गेनिङ’ सुनिरहने मुडमा उहाँ हुनुहुन्न ।’

बहालवाला एक मन्त्रीको दावी थियो, –‘राष्ट्रिय सभामा मनोनित तीन जनाको नाम अनुमोदन भएन भने प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न ।’ प्रधानमन्त्रीको यही सोच बुझेर नै राप्रपाले सरकार छोड्ने निर्णय गरेको राप्रपाका एक केन्द्रीय नेता बताउँछन् । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै पुराना प्रधानमन्त्री पदमुक्त हुने कानुनी ब्यवस्था रहेको छ ।

केन्द्रबिन्दु डटकमबाट साभार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ