काठमाडौं : पूर्व डीआईजी एवम् एमाले सांसद् नवराज सिलवालले आजबाट एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको बताएका छन् ।
निर्वतमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा आफूलाई अन्याय गरेको भन्दै कानुनी लडाईं लडेका सिलवालले देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै यस्तो ट्विट गरेका हुन् ।
आईजीपी नियुक्ति प्रकरणमा आफूलाई बाइपसा गरेपछि एमालेमा प्रवेश गरेर ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सिलवालले प्रधानमन्त्रीको राजीनामा आए लगत्तै यस्तो ट्विट गरेका हुन् ।
उनले प्रधानमन्त्रीको नाम उल्लेख नगरेपनि उनको ट्विट प्रधानमन्त्रीतर्फ लक्षित गरेको प्रष्ट हुन्छ । सिलवाल अझै आईजीपी प्रकरणमा कीर्ते कागज गरेको आरोपमा प्रहरीको अनुसन्धानमै छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने भनेपनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
सिलवालले बिहीबार प्रधानमन्त्रीको राजीनामा आएपछिको ट्विटमा लेखेका छन्, ‘कानुनको धज्जी उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन