काठमाडौं : पूर्व डीआईजी एवम् एमाले सांसद् नवराज सिलवालले आजबाट एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको बताएका छन् ।
निर्वतमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा आफूलाई अन्याय गरेको भन्दै कानुनी लडाईं लडेका सिलवालले देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै यस्तो ट्विट गरेका हुन् ।
आईजीपी नियुक्ति प्रकरणमा आफूलाई बाइपसा गरेपछि एमालेमा प्रवेश गरेर ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सिलवालले प्रधानमन्त्रीको राजीनामा आए लगत्तै यस्तो ट्विट गरेका हुन् ।
उनले प्रधानमन्त्रीको नाम उल्लेख नगरेपनि उनको ट्विट प्रधानमन्त्रीतर्फ लक्षित गरेको प्रष्ट हुन्छ । सिलवाल अझै आईजीपी प्रकरणमा कीर्ते कागज गरेको आरोपमा प्रहरीको अनुसन्धानमै छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने भनेपनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
सिलवालले बिहीबार प्रधानमन्त्रीको राजीनामा आएपछिको ट्विटमा लेखेका छन्, ‘कानुनको धज्जी उड़ाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तैयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’
सम्बन्धित खबर
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ: कांग्रेस
प्रदेशमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित