देउवाबाट पीडित सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध मुद्दा नचल्ने

देउवाबाट पीडित सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध मुद्दा नचल्ने

silwal

काठमाडौं, ४ फागुन । नेकपा (एमाले)का सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध मुद्दा नचल्ने भएको छ। सरकारी वकिल कार्यालय, काठमडाौंले तत्काल मुद्दा नचलाउने निर्णय गरेको हो।

सरकारी वकिलको कार्यालयले अनुसन्धान पूरा नभएको भन्दै थप प्रमाण संकलन गरेर ल्याउन अनुसन्धान प्रतिवेदन फेरि प्रहरीमा फर्काउने तयारी गरेको स्रोत बताउँछ। सरकारी वकिलको कार्यालयलाई मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि छ।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र सरकारको रेकर्डमा रहेकोभन्दा फरक भएको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वाेच्च अदालतले आदेश दिएको थियो। सोही अनुसन्धानका आधारमा प्रहरीले अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्। स्रोतका अनुसार प्रष्ट प्रमाण नभएकाले उनीविरुद्ध मुद्दा नचल्ने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ