लालबाबुलाई राजपाका नेताले यतिसम्म भन्दा पनि हाँसिरहे हेर्नुस् (भिडियो)

लालबाबुलाई राजपाका नेताले यतिसम्म भन्दा पनि हाँसिरहे हेर्नुस् (भिडियो)

surendra-jha-lal-babu-pandit-bimala-pandit

तुलनात्मक रुपमा गृह, अर्थ, उर्जा, शिक्षा, स्वास्थ्य, स्थानीय विकास जस्ता मन्त्रालयमा अनियमितता हुँदा राज्यलाई बढी हानी हुन्छ । र यीनै मन्त्रालयमा प्रभावकारी काम गरेरै समग्र विकास सम्भव छ ।

लालबाबुका थुप्रै सुभचिन्तकले उनलाई दोस्रो पटक गृह, अर्थ वा स्थानीय विकास लगायत प्रभावशाली मन्त्रालयमा देख्न चाहन्थे । तर लालबाबुलाई अनौठो ढंगमा जनसंख्या तथा वातावरण मन्त्रालयमा खुम्च्याइयो । लालबाबुले नकार्न सकेनन् । उनकी श्रीमतिले पनि आफ्नो पतिको काम गर्ने स्पिरिट अनुसारको मन्त्रालय नभएको गुनासो नेपालआजसँग पोखिन् ।

राजपाका नेता डा. सुरेन्द्र झाले लालबाबु पण्डितविरुद्ध चर्को आलोचना गरेका थिए । उनलाई ‘केपी ओलीको बँधुवा मजदुर’ को संज्ञा दिएका थिए । लालबाबु यदी इमानदार भए त प्रधानमन्त्री नै बनाए हुन्छ नी भन्दै एमालेलाई ब्यंग्य समेत उनले गरे ।

माैन लालबाबु

लालबाबुसँग नेपालआजले शुक्रबार गरेको अन्तरवार्तामा राजपाका नेताको सोही टिप्पणी कोट्याइएको थियो । सो क्रममा उनले राजपाका नेताले ठीकै भने की भन्दै हाँसेर नाजवाफ भएका छन् ।

आफूमाथि गम्भीर आरोप लगाउँदा पनि उनी सकारात्मक टिप्पणीलाई सकारात्मक रुपमा लिने र नकारात्मक टिप्पणी पछि आफैँ पुष्टि हुँदैजाने भनी हाँसेरै जवाफ दिएका छन् ।

लालबाबुकी पत्नि

लालबाबुकी पत्नि बिमलासँग पनि नेपालआजले आजै अन्तरवार्ता गरेको थियो । यस क्रममा बिमलाले आफ्नो पतिको स्पिरिट अनुसारको मन्त्रालय नभएको गुनासो गरिन् । गृह मन्त्रालय लालबाबुलाई सुहाउने भन्दै उनले त्यसको अपेक्षा गरेकी थिइन् । साथै मन्त्रालय हेरफेर हुनसक्ने भन्दै आशावादी रहेको पनि उनको भनाइ छ ।

खासमा लालबाबु पण्डितलाई अहिले जिम्मा लगाइएको मन्त्रालयबारे धेरैले टिप्पणी गरेका छन् । उनलाई त प्रभावशाली मन्त्रालय दिनुपर्ने भन्दै धेरैले सुभेच्छा प्रकट गरेका छन् । तर पण्डितले भने सुरुमा विज्ञहरुको सुझाव अनुसार नीतिगत प्रक्रिया हेरेर अघि बढ्ने बताएका छन् । आम जनताले समेत उनको बारेमा बोल्दा उनी आफैँ भने धेरै प्रतिक्रिया दिएका छैनन् ।

Nepal Aaja

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ