प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत भएपछि विप्लवद्वारा फागुन ८ गते नेपाल बन्द

प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत भएपछि विप्लवद्वारा फागुन ८ गते नेपाल बन्द

Banda

काठमाण्डु, ७ फागुन– नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेतालाई नियन्‍त्रणमा लिएको थियो । नेता, कार्यकर्ता रिहा नगरिए ८ गते नेपाल बन्द हुने विप्लवको चेतावनी छ ।

विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको विज्ञप्तिमार्फत बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds