काठमाण्डौ, ७ फागुन / नवनियुक्त प्रधानमन्त्री केपी ओलीले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरिन् ।
पहिलो रोजाइमै प्रधानमन्त्री ओलीले एमालेका पोलिटब्युरो सदस्य लालबावु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा दिए । मन्त्री भएकै दिनदेखि पण्डित चर्चामा छन् । दिनहुँ सफाई कार्यक्रममा पुगेका छन् । टेलिभिजननदेखि युट्युबसम्म अन्तर्वाता दिन भ्याई नभ्याई छ । धेरैले उनले अझै काम गर्नुपर्ने ठाउँको जिम्मेवारी दिनपर्ने प्रतिक्रिया दिई रहेका छन् ।
यसैबीच, मन्त्री पण्डित मन्त्री निवास सरेका छन् । तीनकुने सिथत डेराबाट सोमबार पूजापाठ गरी रितीपूर्वक निवासमा सरेका हुन् । जनतालाई सधैं केन्द्रबन्दिुमा राखेर निष्ठाको राजनीति गर्दै आएका पण्डित प्रजातन्त्रकै दिन मन्त्री निवास सरेका छन् ।
केहि तस्विरहरुः

.

.

.

.

पण्डित यसअघि सामान्य प्रशासनमन्त्री बनिसकेका व्यक्ति हुन् । उनी डिभीपिआर विरुद्धको ऐन ल्याएर चर्चित बने । हालै प्रतिनिधि सभा निर्वाचनमा पनि काँग्रेसका शीर्ष नेता शेखर कोइरालालाई उनकै क्षेत्रमा उठेर पनि हराएका थिए ।
तस्विरः स्वकीय सचिव ओसिम आलमको फेसबुकबाट
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते