मन्त्री भएको एक घण्टाभित्र फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो: मन्त्री पण्डित

मन्त्री भएको एक घण्टाभित्र फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो: मन्त्री पण्डित

27983254_1837859396287828_1480491053590756556_o

काठमाडौं । प्रशासन मन्त्रीको जिम्मेवारीपछि चर्चाका आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्माले ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए। त्यो पनि जनसंख्या तथा वातावरण मन्त्रालयमा। त्यो पनि आकस्मिक उपहारका रुपमा। त्यसो त उनले यसअघि गृह मन्त्रालय पाए ५० प्रतिशत अपराध नियन्त्रण गर्ने बताउँदै आएका थिए। अपराध त उनले नियन्त्रण गर्छन नै, त्यो पनि वातावरणीय प्रदुषणको अपराध।

किनकी उनले मन्त्री भए लगत्तैको आफ्ना अनुभव सुनाउदै भने, ‘म वातावरण मन्त्री भएको एक घण्टाभित्र मलाई एउटा फोन आयो, फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो। संगठित गिरोहहरु धेरै छन भनियो। मैले सोधे कस्तो संगठित गिरोहहरुरु फेरि जवाफ आयो क्रसरवालाहरु तीर पनि हेर्नुहोला। पुराना गाडीवालाहरु तीर पनि हेर्नुहोला।’
उनले त्यसको जवाफ मन्त्री भएपछिको पहिलो औपचारिक कार्यक्रममा  सम्बोधन गर्दै दिए, ‘लालबाबु पण्डित आएको छ। हिम्मत गरेर आएको छ।’

उनले थपे, ‘भेडाको नेता सिंह बनाइदियो भने भेडा पनि सिंह हुन्छ। सिहंको नेतृत्व भेडालाई दियो भने त्यो सिंह पनि भेडा हुन्छ। नेतृत्व कायल र डरपोक भयो भने उसले दिन मात्र बिताउन छ परिवर्तन गर्दैन। हिजो के भयो मलाई थाहा छैन। अब त्यस्तो हुने छैन। जसले वातावरण बिगार्छ त्यसलाई दन्डित गर्नुपर्छ।’ यो खबर नागरिक दैनिकमा छ ।

मन्त्री पण्डितले नेपाल वातावरण पत्रकार समूह र युएसएडको संयुक्त आयोजनाको ‘पानी अभियान शुभारम्भ’ कार्यक्रममा आफ्नो प्रतिवद्धता र अभियान सुनाएका हुन। उनले आफूले आइतबारबाट मन्त्रालयको जिम्मेवारी सम्हालेर बिफ्रिङ लिने र नीतिगत र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुको अध्ययन गर्ने बताएका थिए।

उनले बागमती प्रदुषणको उदाहरण दिदै पोलिथिनको स्रोत बन्द गर्ने काममा आफूलाई सहयोग गर्न आग्रह गरे। ‘पोलिथिनले वातावरण बिर्गान तुफानले मद्दत गरिरहेको छ। ती स्रोतहरुलाई बन्द गर्नको निम्ति मलाई सहयोग र साथ दिनुहोस’, पण्डितले भने।

उनले आफू प्रशासन मन्त्री भएपछिको अनुभव सुनाउन पनि छुटाएनन, ‘म पहिला सामान्य प्रशासन मन्त्रालय पुग्दा मलाई केहीले सुनाएका थिए, मन्त्रीलाई त कुर्सीबाट थुतेर बाहिर लगेर जस्तोसुकै दण्ड दिन्छन है राष्ट्र सेवकहरुले भनेर।’ उनले त्यसको जवाफ अहिले जस्तैगरी दिएका थिए, ‘लालुबाबु पण्डित आएको छ। कोही त्यस्तरी हिम्मत गर्ने भेटिदैन। यसपटक वातावरण सुर्धान आएको छ। सबैको आशा विश्वास गरेर आएको छ। हिम्मत गरेर आएको छ।’

वातावरणमन्त्री भएलगत्तै उनलाई फोनमा सर्वसाधारणले सोध्न थालेका छन। सर्वसाधारणको जिज्ञासाबारे खुल्दै पण्डितले भने, ‘काठमाडौमा कतिदिन पछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ।’ उनले काठमाडौंलाई बुझेको पनि ४२ बर्ष भएछ। पण्डित भन्छन, ‘४२ बर्ष अघिदेखि म काठमाडौ देखिरहेको छु।’

उनले विगतका शासकहरुले सबै कुरा काठमाडौं केन्द्रिकृत गरेर सबैको आकर्षण यही बनाइदिएको उल्लेख गर्दै भने, ‘काठमाडौं बाहेक अरु होइन भनेर जुन इतिहासमा गरियो त्यसको दिर्घकालिन असर यहाँ देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ