गण्डक न्युज काठमाण्डौ, १० फागुन / सामान्य प्रशासन मन्त्री हुँदाको कामले प्रभावित भएर नेपाली जनताले लालबाबु पण्डितलाई महत्वपूर्ण मन्त्रालयमा देख्न चाहेका थिए ।
आफ्नै पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेकै दिन पहिलो रोजाईमा पण्डित मन्त्री बने तर उनलाई जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा सपथ खुवाईयो । संयुक्त बाम गठबन्धन बनाएर चुनाव जितेकाले गठबन्धनकै सरकार बन्ने हुँदा माओवादी समेत सहभागी हुने कारण पहिलो दिन मन्त्रालयबारे छलफल नै नभई सपथ ग्रहण गराईएको थियो ।
पार्टी नै एकता गरी जान अघि बढेका दुई दलहरु मन्त्रालय भागबण्डामा विहीबार सहमत भएका छन् । एमाले पोलिटब्युरो सदस्य पण्डितको मन्त्रालय सहमति अनुसार माओवादीको भागमा परेको छ । पण्डितसँगै महिला तथा बालबालिका मन्त्री बनेकी थममाया थापाको मन्त्रालय पनि माओवादीको भागमा परेको छ ।
पण्डितले चुनावमा जितेलगत्तै गृह, अर्थ, स्वास्थ्य तथा शिक्षा मन्त्रालयका बारेमा धारणा राखिसकेका थिए । गृह बाहेक सबै एमालेकै भागमा परेको छ । अब पण्डितलाई कुन मन्त्रालयको जिम्मेवारी पार्टीले दिने हो ? भने हेर्न बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह, जलश्रोत तथा ऊर्जा, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहित ७ मन्त्रालय पाएको छ । माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ ।
प्रधानमन्त्री ओलीले गृह र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने बताएको एमाले एक नेताले बताए । दुई दलले दुईतिहाइ बहुमतको सरकार बनाउन संघीय समाजवादी फोरम नेपाललाई पनि मनाइरहेका छन् । फोरम सरकारमा आउने टुंगो भइनसकेकाले दुई दलले मात्रै मन्त्रालयको भागवण्डा मिलएका हुन् । फोरम सरकारमा आउने भएपछि उसलाई पनि दुई दलले मन्त्रालय दिनेछन् ।
मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरुको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो ।
एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
माओवादीको भागमा परेका मन्त्रालयहरु
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका

सम्बन्धित खबर
फागुन २१ को निर्वाचनमा भाग लिन काँग्रेस, एमालेले पहिलो दिन गरेनन् दल दर्ता
एमाले संसद पुन:स्थापनापछि केपी ओली प्रधानमन्त्री नहुने ग्यारेन्टी दिन तयार छ: खगराज अधिकारी
अनेरास्विवयुमा डा. कडरियाको राजीनामा स्वीकृत, महासचिव दीपक धामी चुनिए अध्यक्ष
जेनजीसँग मन्त्री पुन- ‘सबै माग पूरा गर्न सकिन्न, निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर’
पूर्वराष्ट्रपति भण्डारी भेट्न पुगे सरकारका प्रवक्ता खरेल
प्रधानमन्त्री कार्कीले बोलाउँदा पनि मेयरहरूसँगको छलफलमा गएनन् बालेन
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट