‘देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ’: डा. प्रविण नेपाल
१२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय भन्ने नर्भिक हस्पिटलले उपचारका क्रममा गम्भीर गल्ती गरेको छ । अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरेको हो ।
चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए । रिपोर्ट हेरेपछि डा. प्रविण नेपालले भ्याङ रहेको भन्दै अपरेशन गर्नु पर्ने राय दिए । विन्दु बिहीबार काठमाडौं आइन् र विमानस्थलबाट सिधै अपस्ताल पुगिन् ।
उनी आफैं हिडेर अस्पताल गएकी थिइन् । तर, डा. नेपालले अपरशेन गर्नु पर्ने दोहोर्याए । ‘अहिले त हिँडेरै आएको छ । दुख्दा पनि दुखेको छैन भनेको पछि गाह्रो हुन्छ भने’ विन्दुका श्रीमान किशोर पौडेलले भने । उसो त अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि एमआरआई गरौं नभनेका पनि होइन । तर, डा. नेपालले पटक पटक एमआरआई नगरौं आरसस्टोपी गरेर हेर्छु भने । परीक्षणपछि विरामी भर्ना भइनन्, घर नै गइन् ।

हिजो शुक्रबार विहान करिव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन सुरु भयो । उनलाई अपरेशन कक्षमा झण्डै चार घन्टा राखियो । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए ।
जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसे झै भए । नहुन पनि किन ? देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् ।
त्यसबेलासम्म असपतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह कहाँ पुगे र उपचारका क्रममा भएको गम्भीर गल्ती सुनाए ।
विरामीका आफन्तका अनुसार सुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न आनाकानी गरेका थिए । डा. प्रविण नेपालको तर्क थियो, अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखेँ, त्यसैले त्यसकै अपरेशन गरेँ ।’
तर, विरामीका आफन्तले यो मान्ने कुरा थिएन । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे । छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् ।
तर, अन्तिममा डा. नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरे । शनिबार चौधरी ग्रुपद्वारा सञ्चालित अस्पताल र पीडित पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।
विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।

Source: Onlinekhabr
सम्बन्धित खबर
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल