बाबुरामको नयाँ शक्ति पार्टीले किन फेर्ने भयो नाम ? संयोजक पुनः बाबुराम चयन

बाबुरामको नयाँ शक्ति पार्टीले किन फेर्ने भयो नाम ? संयोजक पुनः बाबुराम चयन

Naya Shakti

काठमाडौं, १२ फागुन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने भएको छ ।

लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र छलफलबाट उपयुक्त नाम तय गरिनेछ ।’

बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनः संयोजक चयन गरेको छ । यस्तै प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै कार्यकारी समितिलाई ९९ सदस्यीयमा झरेको छ भने ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको नयाँ शक्तिले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds