काठमाडौं, १२ फागुन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने भएको छ ।
लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र छलफलबाट उपयुक्त नाम तय गरिनेछ ।’
बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनः संयोजक चयन गरेको छ । यस्तै प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ ।
यस्तै कार्यकारी समितिलाई ९९ सदस्यीयमा झरेको छ भने ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको नयाँ शक्तिले जनाएको छ ।
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
होस्टेलको खाटमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आफन्तले लगाइदिए स्कूलमा आगो
आजदेखि सोह्र श्राद्ध शुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि