काठमाडौँ, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मन्त्रीहरुको सूची बनाउन व्यस्त छन् । एमाले अध्यक्ष ओली निकट स्रोतका अनुसार, ओलीले शनिबार मन्त्रीको सूची तयार गरेर आइतबार सपथ गराउने तयारी गरिरहेका छन् ।
एमालेबाट महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित अर्थ तथा योजना मन्त्री बन्दैछन् । यसैगरी, सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बन्नेछन् । यी दुई मन्त्रालयको करिब करिब पक्कापक्की भइसकेको छ ।
यसैगरी, उपमहासचिव विष्णु पौडेल वा सुरेन्द्र पाण्डे रक्षामन्त्री बन्ने सम्भावना छ । सचिव गोकर्ण विष्ट संघीय मामिला तथा सामान्य प्रशासन वा सूचना संचार तथा विज्ञान प्रविधि मन्त्री बन्ने सम्भावना छ ।
युवा नेता भानुभक्त ढकाल कानुन तथा न्याय संसदीय मामिला मन्त्री बन्ने चर्चा छ । यसैगरी, रवीन्द्र अधिकारी भौतिक पुर्वाधार यातायात मन्त्री बन्ने सम्भावना छ ।
युवा नेता जगत विश्वकर्मा पर्यटन मन्त्री र गोकुल बास्कोटा शिक्षा खेलकुद तथा संस्कृति मन्त्री बन्ने चर्चा छ । मन्त्रीको चर्चामा योगेश भट्टराई, महेश बस्नेत, राजेन्द्र गौतम, पार्वत गुरुङ, नारदमुनि राना, गणेश ठगुन्ना पनि छन् ।
रघुवीर महासेठ, पदमा अर्याल, किसान श्रेष्ठको पनि चर्चा रहे पनि पछिल्लोपटक उनीहरुको सम्भावना न्यून भएको स्रोतको दाबी छ । राजपाबाट छुटिएको मधेशी नेताहरुको स्वतन्त्र समूह (हृदयेश त्रिपाठी समूह) बाट बृजेशकुमार गुप्ता बन्ने सम्भावना छ ।
एमाले स्थायी समितिको शुक्रबारको बैठकले संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।
एमालेले पाएका मन्त्रालय
अर्थ तथा योजना मन्त्रालय
रक्षा मन्त्रालय
भौतिक पुर्वाधार यातायात मन्त्रालय
सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
पर्यटन मन्त्रालय
माओवादी केन्द्रले पाएका मन्त्रालय
गृह मन्त्रालय
उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
सम्बन्धित खबर
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पत्नीको कुटपिटबाट ३० वर्षीय युवकको मृत्यु
मासु खाँदा हड्डी अड्किएर एक वृद्धको मृत्यु
सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल
आजको मौसम पूर्वानुमान
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ