गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडाैं । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित काठमाडौंको शंखमुलमा गरिएको सरसफाई अभियानमा शनिबार बिहानै झुल्के । उनको उपस्थिति धेरैका लागि प्रेरणादायी बन्यो । उनीसंगै प्रतिनिधिसभाका सांसद प्रदीप ज्ञवाली, सांसद रामकुमार झाँक्रीलगायत उपस्थित थिए । काष्ठमाण्डप सरसफाइ अभियानका अभियान्ता केपी खनालको समेत सहभागिता थियो ।
उनीहरुले जव कुचो लिएर सडक सरसफाइमा निस्किए रमाइलो माहोल बन्यो । पण्डितले सरसफाइ अभियानमा उपस्थितलाई रमाइलो सम्बोधन गरे । मन्त्री पण्डितले आउँदौ बैशाख १ गतेबाट हरियो स्टिकर नभएका सवारीसाधन उपत्यकामा चल्न नदिने बताए ।
काठमाडौंबासीले महंगा गाडी चड्ने तर सवारीको परिक्षण नै नगरी पाँच हजारमा हरियो स्टिकर किनेर टास्ने गरेको उल्लेख गर्दै भने, ‘भित्र कुहिन लागिसक्यो बाहिर लिविस्टिक पाउडर लगाएर हुन्छ ।’ फोहोर गर्नलाई स्थानीयलाई दण्ड दिन र फोटो खिचेर पठाउने समेत सुझाए । उनले फोहोरी भएर बस्न तर सेन्ट छरेर हिँड्दैमा स्वस्थ नभइने उनको तर्क छ । उनले भने, ‘फोहोरमा बसेर सेन्ट छरेर स्वस्थ भइदैन ।’
पण्डितले महानगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई दण्ड दिन चुकेको बताए । कानुन प्रावधानको प्रयोग गर्न समेत महानगरपालिकालाई सुझाए । सर्वसाधारणले प्रयोग गरिहेको मास्क मनको शान्तिका लागि मात्रै रहेको बताए । उनले भने, ‘मैले विज्ञलाई बोलाएर सोधेँ यो मास्कले काम गर्छकी गर्दैन भनेर । उनीहरुले भने यो मनको शान्तिको लागि मात्रै हो ।’
काठमाडौं सबैभन्दा धेरै पैसावला, शिक्षित बुद्धजिवी बस्नेले नै जथभावी फोहोर फाल्ने र प्राकृतिले दिएको वरदान सदुपयोग गर्न नसकेको प्रति गुनासो पोखे । उनका अनुसार प्रदुषणबाट बच्न एन नाईन मास्कको आवश्यकता पर्छ । उनी भन्छन्, ‘काठमाडौंको प्रदुषणबाट बच्न एन नाइन मास्कको आवश्यकता छ । यसको मूल्य कम्तिमा २५ सयदेखि तीन हजारसम्म पर्छ ।’ सुर्तीजन्य पर्दाथ सेवान गर्ने युवाहरुलाई लक्ष्ति गर्दै उनी थप्छन्, ‘चट्ट एक पुरिया लियो, मुख्यमा हाल्यो, क्यान्सर मुखमा हाल्यो ।’ उनले
काष्ठमाण्डप सरसफाइ अभियानका अभियान्ता केपी खनालको समेत सहभागिता थियो । उनले वृहत सरसफाई अभियानमा सबैको साथ दिन आग्रह गरे ।
काठमाण्डौका मेयर ब्यानरमा मात्रै
वातावरणमन्त्री लालबाबु हातमा कुचो बोकेर सफाइ अभियानमा सक्रिय हुँदा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य भने त्यहाँ देखिएनन् । चुनावमा उठ्नुअघि मतदातासँग ३ महिनामै राजधानी धुलोरहित बनाउने बाचा गरेका मेयर शाक्य आज भने अभियानमा उपस्थित नै भएनन् ।
रानीपोखरी पुनर्निर्माणको क्रममा पछिल्लो समय विवादमा परेका मेयर शाक्यले आफ्नै पार्टीका वातावरणमन्त्री पण्डितको अभियानमा भने साथ दिएनन् । किन उनी त्यहाँ आएनन् भन्ने चाहीँ जनचासो बन्यो । स्थानीय मेयर शाक्यसँग आक्रोशित देखिएका थिए । त्यसो त, एमालेका प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री लगायत नेताहरु पनि केहीबेरमै कार्यक्रमस्थलबाट बाहिरिए ।
लालबाबु भने मन्त्री बन्नासाथ राजधानीलाई माक्सरहित बनाउने भन्दै सफाइ अभियानमा लागेका छन् । मन्त्री बन्नुभन्दा अघि समेत लालबाबुले कुचो समातेर सफाइ अभियान सुरु गरेका थिए । पुस २७ गतेबाट नै उनी तिनकुनेबाट सरसफाई अभियानमा सहभागी थिए ।
Nepal Aaja
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी