काठमाडौं । सरकारले यसअघि कायम रहेका ३१ मन्त्रालयको संख्या घटाएर १७ कायम गरेसँगै केही मन्त्रालयको अस्तित्वनै समाप्त भएको छ भने केही अर्कैमा गाभिएका छन् । संविधानले २५ सदस्यीयभन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाइने भनेकाले वामपन्थी सरकारले मन्त्रालयको संख्या करिब आधा घटाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित १७ मन्त्रालय कायम गरेको छ । यसअघिका सात मन्त्रालय यथावत राखेको छ । अन्य २४ मन्त्रालयमध्ये केहीलाई गाभिएको छ भने केही खारेजीमै परेका छन् ।
कामको प्रकृतिअनुसार केही मन्त्रालय यथावत रहेका छन् । गृह, रक्षा र परराष्ट्र मन्त्रालय यथावत रहेका छन् । त्यस्तै भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पनि यथावत राखिएको छ ।
अर्थ मन्त्रालयमा योजना समेत थपेर अर्थ तथा योजना मन्त्रालय बनाइएको छ । अर्थमै योजना थपिएपछि सम्भवतः अब राष्ट्रिय योजना आयोग नरहन सक्छ । त्यस्तै पर्यटन मन्त्रालय पनि यथावत रहेको छ ।
यसअघि अलग अलग रहेका धेरै मन्त्रालय भने कामको प्रकृतिका आधारमा गभिएका छन् । सामान्य प्रशासन मन्त्रालयमा संघीय मामिला थपेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कामम गरिएको थियो । यसअघि कायम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय थियो ।
त्यस्तै शिक्षा मन्त्रालय अझ ठूलो बनेको छ । खेलकुद तथा विज्ञान तथा प्रबिधिलाई पनि शिक्षामै गाभिएको छ । जलस्रोत र ऊर्जा मन्त्रालय गाभेर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाइएको छ । स्वास्थ्य मन्त्रालयमा जनसंख्या थपेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कायम गरिएको छ ।
त्यसैगरी शहरी विकासमा खानेपानी तथा सरसफाई समेत गाभेर शहरी विकास, आवास,खानेपानी तथा सरसफाई मन्त्रालय कायम गरिएको छ । वन र वातावरण मन्त्रालय मिलाएर वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ ।
त्यस्तै कृषी, सहकारी तथा भूमि व्यवस्थापन भनेर नयाँ संरचना खडा गरिएको छ । श्रम तथा रोजगार र महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयलाई गाभेर एउटै बनाइएको छ । उद्योग, वाणिज्य र आपूर्ति तीन अलग मन्त्रालय गाभेर एउटै बनाइएको छ ।
जसको अस्तित्व सकियो
मन्त्रालयहरु गाभिएसँगै केही मन्त्रालय भने अघोषित रुपमा खारेजीमै परेका छन् । स्रोतका अनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालय अब अलग अस्तित्वमा रहनेछैन । त्यस्तै स्थानीय विकास मन्त्रालय पनि खारेज भएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय पनि रहने छैन । त्यस्तै पशुपन्छी विकास मन्त्रालय पनि रहने छैन । गरिवी निवारण, संस्कृति, विज्ञान प्रबिधि जस्ता अलग अस्तित्व मन्त्रालय पनि अब रहने छैनन् ।
यस्तै सिचाइँ मन्त्रालय पनि रहने छैन् । यो मन्त्रालय अब जलस्रोत, ऊर्जा र सिचाइँ मन्त्रालयका रूपमा रहने भएको छ ।
सम्बन्धित खबर
आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड बन्द
पासपोर्ट ठेक्का प्रकरणमा सरकारले अख्तियारलाई तर्साएर पङ्गु बनायो: गगन थापा
शिक्षामन्त्री सस्मितलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत
‘एमसीसी पास गरिहाले, सेनाले एसपीपी अघि बढाउँदैछ, नेपाल दुई होइन, तीन ढुङ्गाबीचको तरुल भयो’
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर