लालबाबु पण्डितले जुन मन्त्रालय सम्हाल्छन्, त्यो मन्त्रालय एक्शनमा पुगिहाल्छ र जनताले नोटिश गरिहाल्छन् । सामान्य प्रशासन मन्त्री बन्नु अघि खासै त्यस मन्त्रालयबारे जनता जानकार थिएनन्, न त रोजाईको मन्त्रालयकै रुपमा धेरैले गन्थे ।
अर्थ र गृहमा देख्न चाहेपनि वातावरण मन्त्रीका रुपमा पण्डितलाई सपथ खुवाईएपछि कामै नलाग्ने मन्त्रालय भनेर धेरैले भने । पण्डितले चित्त दुखाएनन् । उनले जहाँ पुगे त्यहींबाट सक्दो गर्न सुरु गरे । मन्त्रालयमा पुगेकै दिनदेखि काठमाण्डौ बढार्न सुरु गरेका छन् । अहिले मन्त्रालय हेरफेर निश्चित भएपनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
जनसंख्या तथा वतावरण मन्त्री लालबालु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी होटल निर्माण र सेवा विस्तार गरेको भन्दै विभिन्न होटल र अस्पताललाई कारबाही गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै मन्त्री पण्डित । तस्बिर: रासस
मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट रवीभवनले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)नगरी होटल निर्माण गरेकोले एकलाख जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै द्वारिका होटल गौशालाले इआईए नगरि क्षमता विस्तार गरेको भन्दै उसलाई पनि एक लाख जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितका स्वकिय सचिव वसिम आलमले जानकारी दिए । ‘ती होटललाई छिट्टै मापदण्ड पूरा गर्न पनि निर्देशन दिइएको छ’, आलमले भने ।
बैठकले सिद्धि होटल रविभवन, काठमाडौं गेष्टहाउस ठमेललगायतलाई पनि एक एकलाख जरिवाना तिराउने निर्णय गरेको छ ।
सिमेन्ट उद्योगलाई पनि कारवाही
त्यस्तै अरनिको आबु सिमेन्टले दाङको सतबरियामा सिमेन्ट उद्योग खोल्न वातावरणीय मूल्याङ्कन गरेर तनहुँमा सिमेन्ट उद्योग चलाएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।
वातावरणीय मूल्याङ्कन नगर्ने कमला रोलिङ प्रालि र काठमाडौं दूध वितरण आयोजना बालाजुलाई पनि ५० हजार जरिवना गरिएको छ । तोकिएको मापदण्ड छिट्टै पूरा नगरे थप कारवाही हुने आलोमले जानकारी दिए ।
अस्पताललाई पनि कारवाही
त्यस्तै अस्पताल तर्फ काठमाडौं मोडेल अस्पताल वागबजार, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेपाल नेशनल हस्पिटल कलंकी, अन्तराष्ट्रिय मैत्री वाल अस्पताललाई समेत इआईए नगरेको भन्दै आवश्यक कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ ।

सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान