काठमाडौं, १३ फागुन / प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। एमालेका थप ७ र माओवादीका ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
त्यसका लागि आज दुई दलले मन्त्रालयको भागबन्डा र मन्त्रीको नाम टुंग्याएका छन्। माओवादीका एक नेताका अनुसार माओवादीले गृहसहित ७ मन्त्रालय पाएको छ। माओवादीका भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।
ती मन्त्रालयमा माओवादीले रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ। थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टुगो भएको छ। थप एक जनाको नाम भोलि बिहान टुंगो लाग्ने ती नेताले बताए।
अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधारलगायत बाँकी सात मन्त्रालयमा एमालेले पनि भोलि नै मन्त्री पठाउने छ। प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी सोमबार मन्त्री बन्ने भएका छन्। त्यस्तै रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि टुंगो लागेको छ।
त्रिपाठीले गत चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए भने रानाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी नेतृ आरजू देउवा राणालाई कैलाली ५ मा हराएका थिए।
नयाँ मन्त्रीको सपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागिएको स्रोतले बतायो।
यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्। शुक्रबार बसको एमाले स्थायी समिति बैठकले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई दिएको थियो। दुबै पार्टीका मन्त्रीहरूको मन्त्रालयको भने टुंगो लागि सकेको छैन।
मन्त्रालयको भागबन्डा टुंगिए पनि माओवादी केन्द्रका नेताहरूले गृहबाहेक सबै महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेको भन्दै असन्तुष्टि जनाएका छन्। यस विषयमा भोलि एमालेसँग बसेर छलफल गर्ने तयारी रहेको माओवादीका ती नेताले जानकारी दिए।
सेतोपाटी
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
बालेन सरकारलाई चेतावनी दिँदै ओलीले भने- जनताले पाँच वर्ष मनलाग्दी गर्न लाइसेन्स दिएका होइनन्
रास्वपामा को–को भए पदाधिकारी ? भूपदेव, सुनिलदेखि सुधनसम्म रास्वपाको केन्द्रीय समितिमा मनोनयन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित