काठमाडौँ, १४ फागुन – केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गरेका छन्।
माओवादीका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् भने मातृका यादवलाई वाणिज्य तथा उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ। एमालेका तर्फबाट ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने युवराज खतिवडाले अर्थ मन्त्रालयको शपथ लिएका छन्।
दुई साताअघि आफूसहित तीन मन्त्रीको सानो मन्त्रिपरिषद् बनाएका केपी ओलीले सोमबार बल्ल चार मन्त्री थपेका छन्।

चुनौतीबीच जिम्मेवारी सम्हालेको रक्षामन्त्री पोखरेलको ट्विट
नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले रक्षा मन्त्रालयमा जिम्मेवारी सम्हालिसकेपछि चुनौतीको बीचमा आफूले यो जिम्मेवारी लिएको बताएका छन्।
अर्थमन्त्रालय पाउने भनी आकलन गरिएका मन्त्री पोखरेलले अन्तिम समयमा रक्षाको कार्यभार सम्हालेका थिए। उनले रक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि सोमबार उनले ट्विट गर्दै भनेका छन्, ‘चुनौतीका बीचमा आज रक्षा मन्त्रालयको जिम्मेवारी लिएको छु। साथ, सहयोग र समर्थनमा यो जिम्मेवारी पूरा गर्ने विश्वास लिएको छु।’
चुनौतीका विचमा आज रक्षा मन्त्रालयको जिम्मेवारी लिएको छु। साथ, सहयोग र समर्थनमा यो जिम्मेवारी पुरा गर्ने विश्वास लिएको छु ।

कार्यभार सम्हालेपछि गृहमन्त्री थापाले दिए २० मिनेट अर्तिउपदेश
माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयमा कार्यभार सम्हाल्दै करिब २० मिनेट अर्तिउपदेश दिएका छन्।
उनले गृह मन्त्रालयका कर्मचारीहरुलाई राखेर २० मिनेटसम्म अर्तिउपदेश दिएका थिए। उनले राजनीतिक स्थायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए। उनले शन्ति सुशासन कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
उनले गृहमन्त्रालयका हरेक सदस्यले शान्ति सुरक्षाको अवस्था सुधार्न ठूलो भूमिका खेल्ने आशा पनि गरेका थिए। उनले भने, ‘शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन तपाईँ हामी मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।
नेपालमा शान्ति सुरक्षाको अवस्था मजबुत भयो भने अरुले पनि त्यसबाट पाठ सिक्ने उनले बताए। उनले विगतमा गृह मन्त्रालयमा रहेका मन्त्रीहरुले राम्रो काम गरेको र आफूले त्यसलाई पूर्णयता अवलम्बन गर्ने पनि बताए।

सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते