भक्तपुर, १५ फागुन / जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादक कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले प्रदुषणका कारक पुराना गाडी र इँटा भट्टासम्मलाई कारबाही थालिने घोषणा गरेका छन् ।
रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने घोषणा नै गरेका छन् ।
सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्दै उनले अब आयत हुने सामानको ल्याव परीक्षण गरस् तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनले दाबी गरे ।
पण्डितले वैशाख १ गतेदेखि महानगर र उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालन गर्न पाउने बताए । हरियो स्टिकर टाँसेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परीक्षण गर्ने कर्मचारीको नाम उल्लेख गरेर प्रदुषणयुक्त भेटिएमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने हुने बताए ।
त्यस्तै वातावरणको ख्याल नगरी कानुन मिच्दै निश्चित व्यक्तिले फाइदा लिइरहेका इँट्टा भट्टालाई समेत वातावरणमैत्री बनाउने उल्लेख गर्दै उनले नियम मिचेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको बताए । उनले प्रदुषणका कारक पुराना गाडी र इँटा भट्टासम्मलाई कारबाही थालिने घोषणा गरेका छन् ।
विश्वकै पाँचौ फोहर राजधानीका रुपमा परिचित काठमाडौँलाई अबको एक बर्षमा माक्समाण्डुबाट काठमाडौँ बनाउने तर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यका भित्र २०, ४० रुपैयाँँमा प्रयोग भइरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भइरहेको बताए । उनले उपत्यकाको वातावरण अनुुसार न्यूनतम २५ सय देखि ३ हजार रुपैयाँको आधुनिक मास्क आवश्यकता रहेको समेत बताए ।
वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरुलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उनले बताए । एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग चलाएर वातावरण बिर्गानेहरुलाई कारवाहीको दायरमा ल्याउने र आवश्यकता अनुसार सरकारले कानुनी दायरमा रहेको उद्योगलाई वातावरण मैत्री उद्योगको विकासतर्फ लाग्ने बताए ।
उनले फोहोर गर्नेलाई समाजबाटै कारवाही गरिनुपर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम् आफ्नो भूमिका सम्झे मात्र सफाई अभियानले सार्थकता पाउने उनको भनाई छ ।
मन्त्री पण्डित वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेको भोलिपल्टैदेखि काठमाण्डौ सफाई अभियानमा लागिपरेका छन् । हेर्नुहोस् केहि तस्विरहरु:

.

.

सम्बन्धित खबर
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै