काठमाडौं, १६ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले रत्नपार्क स्थित प्रदुषण मापक यन्त्रको अवलोकन गरेका छन् । काठमाडौंको प्रदुषण अहिले कुन स्थितीमा छ भनेर जान्न बुधबार मापक यन्त्र पुगेका पण्डितले प्रदुषण नियन्त्रण गर्न आफूले प्रयास गरिरहेको बताए
‘हामीकहाँ प्रदुषण बढ्दै गएको छ भन्ने बारेमा सबैलाई जानकारी छ अब हामीले तत्काल यो नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ’ उनले भने । काठमाडौं उपत्यकाकाको प्रदुषणको मूख्य कारक सवारी साधनबाट निस्कने धुलो भएकाले यसमा नयाँ प्रविधिका सवारी साधन मात्रै भित्र्याउने व्यवस्था गर्ने उनले जानकारी दिए ।
प्रदुषण मापन गर्न राखिएका यन्त्रहरु नै गुणस्तरीय छन् वा छैनन् भन्ने पनि उनको चासो थियो । त्यसैले वातावरण विभागका अधिकारीहरुसँग उनले प्रश्न गरे ‘के यी मापन गर्न राखिएका यन्त्रहरु अन्तर्राष्ट्रिय स्तरका यन्त्र हुन् ? देशभरीको प्रदुषण मापन यन्त्र राख्न कति खर्च लाग्ला । ‘
हेर्नुहोस् , स्वकिय सचिव ओसिम आलमको फेसबुकबाट लाइभ भिडियो
https://www.facebook.com/wasim.alam.7902/videos/1744321078959872/
देशभरीको प्रदुषणको अवस्था बारेमा जानकारी लिने गरी अन्य स्थानमा पनि यन्त्रहरु जडान गर्नुपर्ने उनको भनाइ छ । एक स्थानमा यस्तो मापक यन्त्र राख्नका लागि ३ करोड बराबरको रकम खर्च हुने विभागका अधिकारीहरु बताउँछन् ।
यो वर्ष माघ फागुनमा खासै पानी नपरेकाले प्रदुषण र गर्मी थप बढ्ने हो कि भन्ने उनको चासो थियो । पानी नपर्दा यसले कतै कृषि बाली र फलफूलको उत्पादनमा त असर गर्ने होइन भन्ने उनको जिज्ञासा थियो ।
तर वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी आफुहरुसँग केही स्थानको मात्रै प्रदुषणको तथ्यांक भएकाले यसले कस्तो असर पार्छ भन्ने आँकलन गर्न नसकिने बताए । हिउँदको समयमा पानी खासै नपर्ने भएकाले काठमाडौंको प्रदुषण बढ्ने गरेको छ । पानी परेपछि भने केही मात्रामा काठमाडौको वायुमा प्रदुषणको मात्रामा केही कमी आउँछ ।
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
होस्टेलको खाटमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आफन्तले लगाइदिए स्कूलमा आगो
आजदेखि सोह्र श्राद्ध शुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि