काठमाडौं, १६ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले रत्नपार्क स्थित प्रदुषण मापक यन्त्रको अवलोकन गरेका छन् । काठमाडौंको प्रदुषण अहिले कुन स्थितीमा छ भनेर जान्न बुधबार मापक यन्त्र पुगेका पण्डितले प्रदुषण नियन्त्रण गर्न आफूले प्रयास गरिरहेको बताए
‘हामीकहाँ प्रदुषण बढ्दै गएको छ भन्ने बारेमा सबैलाई जानकारी छ अब हामीले तत्काल यो नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ’ उनले भने । काठमाडौं उपत्यकाकाको प्रदुषणको मूख्य कारक सवारी साधनबाट निस्कने धुलो भएकाले यसमा नयाँ प्रविधिका सवारी साधन मात्रै भित्र्याउने व्यवस्था गर्ने उनले जानकारी दिए ।
प्रदुषण मापन गर्न राखिएका यन्त्रहरु नै गुणस्तरीय छन् वा छैनन् भन्ने पनि उनको चासो थियो । त्यसैले वातावरण विभागका अधिकारीहरुसँग उनले प्रश्न गरे ‘के यी मापन गर्न राखिएका यन्त्रहरु अन्तर्राष्ट्रिय स्तरका यन्त्र हुन् ? देशभरीको प्रदुषण मापन यन्त्र राख्न कति खर्च लाग्ला । ‘
हेर्नुहोस् , स्वकिय सचिव ओसिम आलमको फेसबुकबाट लाइभ भिडियो
https://www.facebook.com/wasim.alam.7902/videos/1744321078959872/
देशभरीको प्रदुषणको अवस्था बारेमा जानकारी लिने गरी अन्य स्थानमा पनि यन्त्रहरु जडान गर्नुपर्ने उनको भनाइ छ । एक स्थानमा यस्तो मापक यन्त्र राख्नका लागि ३ करोड बराबरको रकम खर्च हुने विभागका अधिकारीहरु बताउँछन् ।
यो वर्ष माघ फागुनमा खासै पानी नपरेकाले प्रदुषण र गर्मी थप बढ्ने हो कि भन्ने उनको चासो थियो । पानी नपर्दा यसले कतै कृषि बाली र फलफूलको उत्पादनमा त असर गर्ने होइन भन्ने उनको जिज्ञासा थियो ।
तर वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी आफुहरुसँग केही स्थानको मात्रै प्रदुषणको तथ्यांक भएकाले यसले कस्तो असर पार्छ भन्ने आँकलन गर्न नसकिने बताए । हिउँदको समयमा पानी खासै नपर्ने भएकाले काठमाडौंको प्रदुषण बढ्ने गरेको छ । पानी परेपछि भने केही मात्रामा काठमाडौको वायुमा प्रदुषणको मात्रामा केही कमी आउँछ ।

सम्बन्धित खबर
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते