काठमाडौँ । पछिल्लो समय जनतामाझ एक पछि अर्को लोकप्रिय योजना र कामले मन जित्दै आएका जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले फेरी अर्को महत्वपुर्ण कुरा सार्वजनिक गरेका छन् ।
उनले पूर्व सांसदहरुलाई स्वास्थ्य बिमा गर्न आग्रह गरेका छन् । पूर्व सांसदहरुले सरकारले आफुहरुलाई उपचार खर्च दिनुपर्ने माग गरिरहेका बेला मन्त्री पण्डितले सरकारले रकम उपलब्ध नगराउने स्पष्ट स्पष्ट पारेका छन् ।
पूर्व सांसद मञ्च, नेपालले आजीवन सदस्य पुनःसंघीय संसद्का सदस्य बनेका मन्त्री तथा प्रतिनिधिसभाका सदस्यलाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा उनले उपचार खर्च नभई नेपालकै अस्पतालमा उपचार गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । मन्त्री पण्डितले भने- ‘उपचार खर्च दिँदा कतिपय अवस्थामा सरकार बदनाम पनि भएको छ, सरकारले पैसा दिने भएपछि विदेशमा गएर उपचार गर्ने चलन छ, त्यो रोक्नुपर्छ, धनीलाई भन्दा पनि कम पहुँच र कमजोर आर्थिक अवस्था भएकालाई दिनुपर्छ ।’

तस्विर: स्वकिय सचिव ओसिम आलम
काठमाण्डु उपत्यकामा धुलोले क्यान्सरको मात्र बढाउने देखिएको अध्ययनबाट थाहा भएको उल्लेख गर्दै उनले एक वर्षभित्र काठमाण्डुलाई धुलोमुक्त बनाउनका लागि योजनाबद्ध रुपमा काम गर्ने बताए ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले सरकारले पूर्व पदाधिकारीलाई सुविधा दिने र पूर्व सांसदलाई नदिने गर्न नहुने उल्लेख गर्दै सबै सांसदबाटै गएको हुँदा सुविधा दिए सबैलाई दिनुपर्ने नदिए कसैलाई पनि दिन नहुने माग गरे ।

सम्बन्धित खबर
कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट
काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो
मनिष झा भन्छन् – ‘सरकार ढल्नु हुँदैन, नढलोस्, गठबन्धन अझै लामो जाओस्’
‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन