नवराज सिलवाल; जब हात हल्लाउँदै, टाेपी ढल्काउँदै संसद भवन छिरे, देउवासँगै भोलि समान हैसियतमा सपथ लिँदै

नवराज सिलवाल; जब हात हल्लाउँदै, टाेपी ढल्काउँदै संसद भवन छिरे, देउवासँगै भोलि समान हैसियतमा सपथ लिँदै

navaraj silwal

काठमाडौं, १९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन् । सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षणमा सहभागी जनाउन उनी संसद भवन पुगेका हुन् ।

उनी सर्ट, प्यान्ट, कोट र ढाका टोपीमा हात हलाउदै संसद भवन पुगेका थिए । प्रहरीको खोजी सूचीमा रहका उनी संसद् भवनभित्र छिरेपछि सबैको नजर उनी माथि परेको थियो । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।

पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्। आइजिपी बढुवा सम्बन्धी मुद्दामा कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी फरार थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएर वालुवाटार प्रवेश गरे लगत्तै फरार अभियुक्त करार भएका उनले वालुवाटार प्रवेश पाएका थिए। एमाले अध्यक्ष ओलीले गृहमन्त्री बनाउने भनेर पार्टी प्रवेश गराएका सिलवाल मन्त्रीमण्डल विस्तार वाँकी रहँदै ओलीलाई भेट्न सोमवार वालुवाटार पुगेका थिए । रेडकर्नर नोटीस समेत जारी भएर फरार अभियुक्त करार भएका सिलवाल प्रधानमन्त्रीकै निम्तोमा डीनरका लागि वालुवाटार पुगेका थिए।

नेपाल प्रहरीले यसअघी देशभर जहाँ भेटेपनि पक्राउ गर्न आदेश दिएका सिलवाल नयाँ सरकार बनेसँगै प्रहरीकै सुरक्षा घेरा पार गर्दै वालुवाटारमा डीनरका लागि पुगेका थिए । अहिले भने सिलवाल संसद भवन पुगेका हुन । आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ। सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्।

कानुन र सरकारकानुन वमाेजिम निर्वाचित सांसदलाई अधिवेशन बोलाएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न नपाउने व्यवस्था रहेको छ। तर फौजदारी अभियोगमा संघीय कानुन अनुसार कुनै सदस्यलाई पक्राउ गर्न भने रोक छैन। अव नवराज सिलवाललार्इ आदेश फिर्ता लिन लगाएर सरकारमा सामेल गराउने पक्षमा प्रधानमन्त्री आेली देखिएका छन् । यद्यपी नवराज सिलवाल कानुनकाे नजरमा फरार अभियुक्त भएपनि उनी छानविनका लागि अदालत बाेलार्इएका थिए ।

किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरू आएमा शपथ लिन सक्ने संघीय संसद् प्रवक्ता डा भरतराज गौतमले बताए ।सिलवाल आज आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको दुवै सदनका सदस्यलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

नवराज सिलवालले भने: म माथि कुनै अभियोग छैन र म फरार ब्याक्ति पनि होइन

ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद नवराज सिलवालले आफुमाथि औपचारिक रुपमा कुनै अभियोग दर्ज नभएको र आफु फरार ब्याक्ति पनि नभएको जनाएका छन् ।

एमाले र माओवादीका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा भाग लिएपछि सिलवालले ट्वीट गर्दै भनेका छन्: नवराज सिलवाल माथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र उ कुनै फ़रार व्यक्ति पनि होइन। तथ्यलाई वंग्याएर केहि मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दु:ख व्यक्त गर्दछु

सिलवाल बिहान वानेश्वरस्थित संसद भवनमा आएका थिए प्रहरीको खोजी सुचीमा रहेको भनिए पनि सिलवाललाई गेटमा रहेको प्रहरीले कुनै अवरोध गरेन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ