गुडिरहेको गाडीको डिकीमा भेटियो शव

गुडिरहेको गाडीको डिकीमा भेटियो शव

sab

बिराटनगर, १९ फागुन । मोरङका एक युवकको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ परेको छ ।

मोरङ, उर्लावारी ७ का ३३ वषर्ीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए । उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्या मार्गमा चेकजाँच गरेको थियो ।

त्यसक्रममा बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा शाक्यको शव भेटिएको छ । डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरेर राखेको अवस्थामा शव भेटिएको छ ।

मृतकको शरीरमा निलडाम भेटिएको छ । सुन तस्करीको विषयमा लेनदेन नमिलेका कारण सनमलाई सिराहाबाटबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ परेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ