काठमाण्डौ, २२ फाल्गुण । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारेका छन् ।
“कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ ।” उनले भने । आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेगरि गृहकार्य गरेको उनको भनाई थियो ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले एक/दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक हप्ताभित्रमा पूर्णता दिने बताए ।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भैरहेको जानकारी दिदै मन्त्री पण्डितले सकेसम्म दुवै दललाई सरकारमा सहभागी गराउने बताए ।
मन्त्रालय व्यवस्थापनका कारण पनि सरकार विस्तार प्रभावित भएको उनले बताए । “१३ वटा मन्त्रालय घटाएर ३० बाट १७ वटा बनाइएको छ । विभिन्न विभाग र निकाय व्यवस्थापन हुँदैछ ।” उनले भने ।
मन्त्री पण्डितले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे ।अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोही पनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो ।
मन्त्री पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताए । मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाण्डौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको विश्वास दिलाए ।
धुलो नियन्त्रणका लागि अन्य विकास निर्माणका काम गरिरहेका निकायसँग समन्वय गर्दै दिनमा चारपटक पानी हालेर धुलो मार्ने काम सुरु भइसकेको पनि उनले जानकारी दिए ।
धुवाँधुलो हुनुको ९० प्रतिशत कारण डिजेलबाट चल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उनले बताए ।
किनेर वा गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइए त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई कारबाही गरिने उनले कडा चेतावनी दिए । ‘कतिपय उद्योग, जसले धुवाँ फालेका छन, तिनलाई धुवाँ धुलो नियन्त्रण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ’–उनले भने ।
त्यसैगरी प्लाष्टिकका झोला उत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए ।माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ । एक वर्षभित्र देशका प्रमुख शहरमा धुवाँ धुलोकै कारण माक्स लगाउनुपर्ने अवस्थाको अन्त्य गर्नै उनको दाबी छ ।
काठमाण्डौमा धनी, बुद्धीमानी मानिस बसेपनि प्रदुषण भने बढाएको आरोप लगाउँदै पण्डितले भने,‘राम्रा, शिक्षित, धनी सबै काठमाण्डौमा बस्छन्, तर देखेर सिकेर पनि परिवर्तन हुन सकेन । स्वस्थ नबनेर जीवन घटाइरहेका छन्”–पण्डितले भने ।
This will close in 3 seconds
सम्बन्धित खबर
आज ६०औँ राष्ट्रिय बाल दिवस
आज देशभरको मौसम कस्तो रहन्छ?
मेरो उमेर पनि गयो, ‘रिटायर्डमेन्ट’ हुने बेला भयो: सभापति देउवा
मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण: कालापानी-लिपुलेक कसरी भारतको ?
वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन
नेपाल प्रहरीको इन्सपेक्टर र असईमा ३२० जनाको लागि भर्ना खुल्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग