गोरखामा माइक्रोबस चिलाउने रुखमा ठोकिएर दुर्घटना, १६ वर्षीया गौलीको ज्यान गयो

गोरखामा माइक्रोबस चिलाउने रुखमा ठोकिएर दुर्घटना, १६ वर्षीया गौलीको ज्यान गयो

Micro Accident

गोरखा, २३ फागुन । गोरखामा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जिल्लाको गोरखा नगरपालिका–१० टक्सारमा भएको दुर्घटनामा अन्दाजी १६ वर्षीया शारदा गौलीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

बा ३ ख ४६५८ नम्बरको माइक्रो गोरखाबाट खैरेनी जाँदै थियो । माइक्रो ब्रेक फेल भएर अनियन्त्रित हुँदा घुम्तिमा रहेको चिलाउने रुखमा ठोकिएर सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ