अष्ट्रेलियाको रकडेलस्थित बाइसेन्टेनियल पार्कमा नेपालीहरुले गत साता जम्मा भएर होली खेले । आपसमा भरपूर रमाईलो गरे । तर गरेको फोहोर यसै छाडेर हिँडेपछि बेसाइड मेयर बिल साराभिनोभ्स्की क्रोधित बनेका छन् ।
उनले सो पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै आयोजकको आलोचना गरेका छन् । हजारौंको संख्यामा स्वयम्सेवकहरु आइतबार बिहान वाषिर्क ‘क्लीन अप अष्ट्रेलिया’ दिवस मनाउन स्थानीय सरकारी क्षेत्रहरुमा निस्केका थिए । त्यतिबेला नै उनीहरुले बाइसेन्टेनियल पार्कमा जताततै फोहोर फालिएको देखे ।
त्यसपछि इरेट रकडेलका बासिन्दाहरुले बेसाइड काउन्सीलमा यसको विषयमा उजुरी गरे । उनीहरुले केही स्थानीय मिडियालाई पनि लगेका थिए ।
‘पार्कको अवस्था देख्दा मलाई विरक्त लाग्यो । त्यहाँ घाँसभन्दा फोहोर धेरै थियो । ती सुँगुरहरुलाई अब आइन्दा पार्कमा छिर्न दिनु हुँदैन,’ रकडेल रेजिडेन्ट्स युनाइट फेसबुक साइटमा मार्क स्नेडोनले पोष्ट गरेका छन् । उनी आफ्नी छोरीको जन्मदिन मनाउन सो पार्कमा पुगेका रहेछन् ।
एक दिनअघि शनिबार सो स्थानमा नेपालीहरुले कार्यक्रम गरेको बुझिएको छ । उनीहरुमध्ये केही आइतबार सरसफाईमा सहभागी भएका थिए ।
मेयर साराभिनोभ्स्कीले भने, ‘म एकदमै निराश छु । वाषिर्क क्लीन अप अष्ट्रेलिया दिवसका दिन किन हाम्रो ठूलो पार्कलाई यस्तो रद्दी बनाएर छोडियो ?’
मेयरले सार्वजनिक स्थानहरुमा हुने ठूला कार्यक्रमहरुका लागि लिइने शुल्कमा तत्काल पुनरावलोकन गर्ने बताएका छन् । आयोजकहरुले पार्कलाई पहिलेकै अवस्थामा छोडेर हिँडेमा भने शुल्क फिर्ता दिन सकिने उनको भनाइ थियो ।
पेजहरुमा ट्रोल बनाएर नेपालीको यो व्यवहारको खिल्ली उडाइएको छ ।
सम्बन्धित खबर
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार ६ सय ८१ जना पुग्यो
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि