काठमाडौं –केही न केही नयाँ काम गरेर सधै चर्चामा नै आइरहने मन्त्रीका रुपमा परिचित छन् लालबाुबु पण्डित ।
अघिल्लो पटक मन्त्री हुँदा सरकारी जागिर खाएर विदेशको डिभी र पिआर लिएर बसेका कर्मचारीलाई ठेगान लगाएका पण्डितले पछिल्लो पटक काठमाडौं उपत्यका तथा देशका मुख्य सहरमा सरकारले विद्युतीय सवारी सञ्चालनलाई उच्च प्राथमिकतामा राखेका छन् ।
धूवाँ–धुलोमुक्त स्वच्छ सहर विकास गर्ने लक्ष्यअनुसार योजना अघि बढाइएको हो । वातावरणमैत्री भएकाले अब विद्युतीय सवारी सञ्चालन गर्न सरकारले विशेष चासो दिएको उनको भनाइ छ ।
डिजल तथा पेट्रोलबाट सञ्चालित सवारीका कारण वातावरण प्रदुषण बढ्दै गएकाले विद्युतीय सवारी सञ्चालनमा ल्याउन लागिएको हो । देशमा जलद्यिुत उत्पादनको सम्भावना राम्रो छ, अबको सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।
वातावरण स्वच्छ राख्न पनि विद्युतीय सवारी सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाइ छ । विद्युतीय सवारीलाई लक्षित गरी नेपाल विद्युत प्राधिकरणले ठाउँ–ठाउँमा चार्जिङ स्टेसन बनाउनु सकारात्मक कदम रहेको उनले बताए ।
देशको मुख्य राजधानी काठमाडौं सहित देशका प्रमुख शहर बढ्दो धूवाँ–धुलोमुक्त बनाउने अठोट लिएका समेत उल्लेख गरे ।
सम्बन्धित खबर
काठमाडौँका सतुङ्गल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको क्षति
यी स्थानमा भारी वर्षाको सम्भावना
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
मुगुको गमगढी बजारमा आगलागी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि