काठमाडौं- बंगाली नागरिक ताहिरा शशीले सोमबार श्रीमान् रेज्वानुल हक साहोनसहित सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै नेपाल आउन लागेको फोटो पोस्ट गरिन्।
बंगालादेशको ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उनले आफू र श्रीमान् नेपालमा आउन लागेको सन्देशसहितको तस्बिर पोस्ट गरेकी थिइन्। उनले विवाहको वर्षगाँठको अग्रिम उत्सव र नेपालतर्फको यात्रा सुरु भएको सन्देश फेसबुकमा लेखेकी थिइन्।
‘एन्ड हियर द जोर्नी विगिन्स, एड्भान्स सेलिब्रेसन अफ एनिभर्सरी, स्पेसल मार्च’ उनको फेसबुकमा लेखिएको छ। तर, यो दम्पत्तीको नेपालतर्फको यात्रा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि भताभुंग भयो।
सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा उनीहरु सवार युएस बंगला बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा दुर्घटना भयो। दुर्घटनामा श्रीमती ताहिरको निधन भइसकेको छ भने श्रीमान् रेज्वानुलको चाबहिलस्थित ओम अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।
यसैगरी, सोही दुर्घटनामा अर्का एक बंगाली दम्पत्तीको समेत निधन भएको छ। इमराना कविर हासी र रोकिबुल हसनको दुर्घटनामा निधन भएको छ। उनीहरु बंगलादेशबाट बिदा मनाउन नेपाल आएका थिए।
इमरानाले श्रीमान् हसनसहितको तस्बिर र बिदाको शुरुवात भएको सन्देश ढाकाबाट उड्नु अघि सामाजिक सञ्जाल फेसबुकमै पोस्ट गरेकी थिइन्।
सम्बन्धित खबर
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित