पोखरा । आज चैत १ (बिहीबार) देखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई सडकमा गुड्न नदिइने भएको छ । इलेक्टि्रक र ग्यास टेम्पोरमाइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन ।
यातायात व्यवस्था विभागले देशैभर यो नियम नमाने पुराना सवारी जफत गरिने बताएको छ । अहिले ग्रमीण सडकहरुमा २० वर्ष पुराना सार्वजनिक सवारीको बिगबिगी छ । काठमाडौंबाट हटाइएका सवारी पनि उपत्यकाबाहिर विभिन्न ग्रामीण रुटमा लगेर चलाइँदैछ । यसले ग्रामीण भेगमा चल्ने सवारीमा दुर्घटनाको जोखिम पनि बढाइरहेको छ ।
बुधबारपछि अटेर गरेर त्यस्ता गाडी गुडाइरहे व्यवसायी कारवाहीको भागिदार हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ‘जवरजस्ती २० वर्ष आयु चलेका सवारी सडकमा गुडाइरहे जफल गरेर लिलाम गर्छौं,’ भट्टराईले भने,’सरकारको पुराना सार्वजनिक सवारी हटाउने निर्णय जसरी पनि कार्यान्वयन गर्छौं ।’
अब कुनै २० वर्षे पुराना सार्वजनिक सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने विभागले बताएको छ । अहिले प्रत्येक ४-४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ । २० वर्ष आयु नाघेका सबै किसिमका सवारी करहरु समेत नबुझिने भट्टराईले जानकारी दिए । उनकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । पुराना सवारीको नामसारी पनि रोकिएको र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने उनले बताए ।
अहिले कवाडीमा बेच्नुपर्ने झन्डै ५ हजार सार्वजनिक सवारी गुडिरहेको अनुमान विभागको छ । तर, एकीन तथ्यांक नभएकाले यो संख्या १० हजारसम्म हुन सक्ने अनुमानन उपभोक्ताकर्मीको छ । यस्ता सवारी यात्रु मात्रै हाइन, विद्यार्थी, कर्मचारी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न छन् ।
विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयु तोक्ने गर्छ । पहिले यो व्यवस्था थिएन । विभागले १५ वर्ष पुगेका सार्वजनिक सवारीको नामसारी रोक्ने भने पनि निर्णय गरिसकेको छैन । विभागले अहिलेसम्म २० वर्ष पुरना निजी र सरकारी गाडी हटाउने निर्णय गरेको छैन । पुराना सरकारीको संख्या पनि उच्च छ ।
सरकारले तीन वर्षअघि नै यो निर्णय गरेको थियो । मन्त्रिपरिषदको यो निर्णय ०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो ।
निर्णयमा २ वर्षभित्र २० वर्ष आयु पुगेका सबै सार्वजनिक सवारीलाई विस्थापन गरिसक्ने उल्लेख छ । यसैअनुसार गत फागुन १९ गतेबाट उपत्यकामा २० वर्षे आयु पार गरेका सवारीलाई प्रतिवन्ध लगाइसकिएको छ ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते