काठमाडौं, २९ फागुन / अस्पतालको फरेन्सी विभागमा शब बुझ्न आफन्तहरुको निकै भिडभाड छ । शोकमा परेका आफन्तलाई सान्त्वना दिन आउने आफन्तहरुको ओहोरदोहोर जारी छ ।
शब बुझ्नको लागि जाहेरी दिने काम पनि चलिरहेको छ । आफन्तहरुको अनुरोधमा मृतक शरीर (शब) हेर्नका लागि एक–एक जना गरी पठाईदैछ शब गृहमा । त्यहाँ पुग्नेहरु सबै वियोगले बिछिप्त देखिन्छन् ।
यहि भिडमा मधेशी समुदायका एक बृद्धा दम्पति पनि छाती ठोक्दै रुदैथिए । केहीबेरपछि यी बृद्ध दम्पती आफ्नो शरीर थेग्न नसकेर भूइँमै ढले …।
सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ४९ जनामध्ये सर्लाहीका अवधेश कुमार यादव पनि एक हुन् । यो भीडमा वियोगमा विछिप्त हुँदै ढल्ने उनकै बा–आमा हुन् । जसले आफ्नो एक मात्रा छोरा गुमाए । यादव रुँदै भन्छन् –‘३,४ दिन पहिला फोनमा मलाई लिन रबिबार (आइतबार) आउनु भनेको थियो । ’
बृद्ध दम्पत्ति सोमबार छोरा आउने आशमा बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थन पुगेका थिए । छोराको पखाईमा बसेका उनीहरु विमानस्थलमै बस्दाबस्दै विमान दुर्घटनाको आवाज कानमा परेको थियो । तर, छोरा कतारबाट आउने भएकाले अवधेश यो दुर्घटनामा पर्छ भन्ने अड्कल गरेनन् ।
अबधेशका बु्बा रामनारायण भन्छन्, ‘बिहानको ५ बजेनै लिन आउनु भनेको थियो । हामी बिहान ५ बजेनै विमानस्थल पुग्यौ, नयाँ ठाँउ ,नयाँ मान्छे । धेरै कुराकाबारेमा खासै जानकारी थिएन, छोराले विमानबाट झरेपछि फोन गर्छ भन्ने आशमा थियौ, छोरा कतारबाट आउने भएकाले ढाँकाको विमानमा पर्यो होला भने शंका समेत गरेनौ ।’
त्यसो त रामनारायणलाई छोरो दुर्घटनामा परेको आफन्त (कतारबाट ज्वाई)ले फोन गरेपछि मात्रै थाहा भयो । ‘कतारबाट मेरो ज्वाँई अर्थात अवधेशको भिनाजुले फोन गरेपछि मात्रै हामीलाई दुर्घटनामा परेको थाहा भयो ।’ ज्वाँईले राम नारायणलाई कतारबाट ढाका हुदै नेपाल जाने टिकेट भएको जानकारी दिएपछि साझँ ५ बजेतिर मात्रै उनीहरुले आफ्नो छोराको पनि मृत्यु जानकारी पाए ।
अवधेश ४ महिना पहिला वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका थिए । तर, यादव परिवारका एकमात्र छोरा अवधेश कतारमा भनेजस्तो काम नपाएपछि नेपाल फर्केका थिए ।
उमेरले २० वर्ष पुगेको अवधेशको यात्रा कतारबाट ढाकामा ट्रान्जिटमा परेको थियो । ढाकाको झण्डै ४ घण्टाको पखाईपछि उनी यूएस बङ्ला विमानमा नेपालका लागि चढेका थिए । तर दुर्भाग्य,४ महिने छोरी ,श्रीमाती र बाबा आमालाई भेट्ने अवधेशको रहर नेपाली भूमिमा पाईला नटेक्दै समाप्त भयो ।
न्यून आर्थिक अवस्था भएका यादव परिवारको लागि अवधेश बलियो खम्बा थिए । दुई छोरी पछि बल्ल परिवारको कान्छो सदस्यको रुपमा अवधेशको जन्म भएको थियो ।
-रातोपाटीबाट
सम्बन्धित खबर
संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन शिक्षक महासंघको आग्रह
आज देशभरको मौसम कस्तो रहन्छ?
गृहमन्त्री लेखकले पोखरामा फेरि दोहोर्याएः ‘सत्तासाझेदारीमा समस्या छैन’
बुटवलमा गोली चल्यो, एक महिला घाइते
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै
सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य