काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा २२ जना नेपालीले ज्यान गुमाएका छन् ।
२२ जना मृतकहरुमध्ये ११ जना बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरु रहेका छन् भने दुई जना कतारबाट बंगलादेश हुँदै नेपाल फर्किदै गरेका कामदार र बाँकी बंगलादेशमा विभिन्न तालिम तथा कार्यक्रममा भाग लिएर फर्किएकाहरु रहेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा राखिएको शव बुझ्न आएका आफन्तले दिएको जाहेरीका आधारमा ज्यान गुमाएका सबै नेपालीहरुको ठेगाना पनि पहिचान भएको छ ।
मृतकहरुको ठेगाना यस प्रकार छ ।
१. महोत्तरी मनरा सिश्वा–४ का २३ वर्षीया श्रेया झा
२.सिन्धुली बेलघारी गाउँपालिका घर भइ हाल धुम्बाराही बस्ने २४ वर्षीया चारु बराल
३. नुवाकोट विदुर नगरपालिका ८ बस्ने २४ वर्षीया श्वेता थापा
४. कास्की माछापुच्छ्रे गाउँपालिका ९ की २५ वर्षीय सञ्जय पौडेल
५. लम्जुङ बेशीशहर नगरपालिका १ की २२ वर्षीया पूर्णिमा लोहनी
६. सिन्धुली गोलाजोर गाउँपालिका ६ की २५ वर्षीया एल्जिना बराल
७. ललितपुर महानगरपालिका १२ की २४ वर्षीया आसना शाक्य
८.चितवन भरतपुर महानगरपालिका ६५ वर्षीया ज्ञानी कुमारी गुरुङ
९. ललितपुर महानगरपालिका ८ बस्ने २४ वर्षीया निगा महर्जन
१०. चन्द्रागिरी नगरपालिकाकी २४ वर्षीया एन्जिला श्रेष्ठ
११. काठमाडौं महानगरपालिका ९ बस्ने३२ वर्षीया सजना देवकोटा
१२. बैतडी डिलासैनी नगरपालिका ५ को ४२ वर्षीय शोबिन्द्र सिंह बोहरा
१३.तनहुँ व्यास नगरपालिकाका ४२ वर्षीय हरिशंकर पौडेल
१४. सर्लाही कविलासी नगरपालिका ३ बस्ने २३ वर्षीय अवधेश कुमार यादव
१५.काभ्रे–३ कुशादेवी गाउँपालिका हाल पनौति बस्ने डा। बालकृष्ण थापा
१६. काठमाडौं टोखा नगरपालिका ५–बस्ने २८ वर्षीय प्रशन्न पाण्डे
१७.काठमाडौं महानगरपालिका १५–बस्ने ३८ वर्षीय प्रविन चित्रकार
१८.झापा कनकाइ नगपालिका बस्ने ४५ वर्षीया शीला बजगाई
१९.ललितपुर महानगरपालिका महालक्ष्मी–८ बस्ने २२ वर्षीया लिलि महर्जन
२०. ललितपुर महानगरपालिका महालक्ष्मी–८ बस्ने २५ वर्षीय सञ्जय महर्जन
२१. बाराका कृष्णकुमार सहनी
२२. ललितपुर लुभुका २४ वर्षीया सरुना श्रेष्ठ
शिक्षण अस्पतालमा डिएनए परीक्षणसहितका प्रक्रिया पूरा गरेर आफन्तलाई शव बुझाउने प्रक्रिया हुनेछ ।
सम्बन्धित समाचार
पोखरा, २९ फागुन / पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका दामोदर पौडेल बंगलादेशबाट फर्किएका आफ्ना छोरा लिन काठमाण्डौ पुगेका थिए । पौडेल २ बजे ल्याण्ड हुने उनका छोरा सञ्जय चढेको विमानकै पखाईमा थिए । तर उनले छोरालाई हाँसीखुशी स्वागत गर्न पाएनन् ।
सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेमा सञ्जय पनि परे । ४९ जनाको मृत्यु भएकोमा ३३ नेपाली चढेकोमा २२ जना नेपालीको मृत्यु भयो भने ११ नेपाली घाईते छन् ।
युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुदाँ बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको मृत्यु भएको हो । दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् ।
सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए ।
सबै पढाई पूरा गरेर अगाडि डा. थपेर आएका सञ्जय आफ्नो भूमि टेक्न नपाउँदै परलोक भए । उनको मृत्युले गाउँबासी, आफन्त शोकमा छन् ।
सम्बन्धित खबर
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, दर्जनौँ घर भत्किए
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
कक्षा १२ को परीक्षा आगामी बैशाखमा
देशभर बदली र वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले दिएन: महासचिव पोखरेल
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल