काठमाडौँ, २९ फागुन । अरु दिन भन्दा उनी सोमबार निकै उत्साही थिइन् । कारण, उनको पहिलो नेपाल फ्लाइट थियो ।उनी अर्थात युएस बंगला एयरलाइन्सकी युवा को-पाइलट पृथुला रसिद । जो सोमबार पहिलोपटक नेपाल आएकी थिइन, को-पाइलट बनेर ।
तर, ढाकाबाट उड्नुअघिको उनको उत्साह एक घण्टा पनि टिकेन । उनले चलाएको जहाज काठमाडौँको धावनमार्गमा यसरी पछारियो कि अब पृथुला कहिल्यै बिउँझिन सक्दिनन् बंगलादेशको द डेलीस्टार अनलाइनका अनुसार, पृथुलाले सन् २०१६ को जुलाईमा युएस बंगलामा करिअर सुरु गरेकी थिइन् ।
बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर गरेकी थिइन् । उनले यो बीचमा बंगलादेशको आकाशमा डेढ बर्ष बिताइन् । एशिया र अमेरिकाका आकाशमा पनि कोपाइलट भएर जहाज उडाइन् । तर, नेपाल आउने समय जुरेको थिएन ।सोमबार पहिलोपटक नेपालमा उडान गरेर आएकी उनले काठमाडौँ टेक्न नपाउँदै संसार त्यागिन् ।
घाइते अबस्थामा उद्दार गरिएकी उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको ज्यान गयो ।उनीसँगै पाइलट अबिद सुल्तानको पनि ज्यान गयो । उनी नेपाल उडानमा अनुभवी पाइलट मानिन्थे ।

बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको ७८ सिटे जहाजमा क्याप्टेन सुत्तान र कोपाइलट पृथुलासहित चालक दलका चार जना सदस्य थिए । उनीहरुको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । २२ जना घाइते छन् ।
सम्बन्धित खबर
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल